News Portal

  • १०ः५० बजे देखि इतिहासकै दुर्लभ सूर्यग्रहण लाग्दै : के गर्ने र के नगर्ने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ७ असार
    ८३४ पटक
    भक्तपुर, ७ असार

    आज आइतवार इतिहासकै दुर्लभ सूर्यग्रहण लाग्दैछ । ९ सय वर्ष पछि ग्रहहरुको दुर्लभ संयोग सहित सूर्य ग्रहण लाग्न लागेको हो । आज लाग्ने सूर्य ग्रहण खग्रास सूर्य ग्रहण हो । यो ग्रहणमा सूर्यको प्राय: सबै भाग छायाँमा पर्दछ ।

    ग्रहण समय

    बिहान करिब १०ः५० बजे देखि शुरु हुने सूर्य ग्रहण लामो समय रहनेछ । यो ग्रहण दिउँसो २:२४ बजेसम्म रहनेछ । ग्रहणको मध्य समय मध्यान्ह १२ः३८ बजे लाई मानिएको छ । यतिबेला वातावरणमा पर्ने प्रभावले चिसो महसुस हुने खगोलबिदहरुको भनाइ छ ।

    सूर्यग्रहणमा सुतक
    ज्योतिषहरुको अनुसार सूर्यग्रहण शुरु हुने १२ घण्टा अघि देखि नै सुतक लागिसकेको छ भने ग्रहण समाप्तिको १२ घण्टा पछि सम्म पनि सुतक रहनेछ ।

    कहाँ बाट देखिन्छ ग्रहण
    यो ग्रहण नेपालका अलावा भारत , पाकिस्तान, चीन, इथियोपिया , कंगो लगायत देशहरुमा पनि देख्न सकिनेछ । देशकै पनि अलग अलग भागमा यो अलग अलग प्रकारको देखिनेछ । नेपालमा कालापानी लिम्पियाधुरा क्षेत्रबाट पूर्ण चन्द्रग्रहण देख्न सकिनेछ ।

    ग्रहणमा के गर्ने र के नगर्ने
    ज्योतिषहरुका अनुसार ग्रहणको सुतक शुरु भए देखि नै धार्मिक कार्य बन्द गर्नुपर्छ । मन्दिरको द्वार बन्द गर्नुपर्छ । सुतक समाप्त भएपछी मात्र भगवानलाई स्नान गराई पूजा शुरु गर्नुपर्छ ।
    ग्रहणमा भोजन निषेध छ । गर्भवती महिलाले यो समय कुनै काम पनि गर्न बर्जित छ । ग्रहण पछि नुहाएर शुद्ध हुने प्रचलन रही आएको छ । सूर्यलाई आत्माको तेजको रुपमा लिइन्छ । यो समय सूर्य संकटमा रहने हुँदा कमजोर हुने र आत्मालाई समेत यसले कमजोर बनाउने मान्यता बमोजिम आत्मबल आवश्यक पर्ने कुनै पनि काम नगर्नु उत्तम हुने बैदिक मान्यता रहेको छ । ग्रहणमा खुशीयाली मनाउन र रमाइलाे गर्न नहुने धार्मिक मान्यता रहेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...