News Portal

  • बिदेशी बुहारीलाई बिबाहको ७ वर्ष पछि मात्र नागरिकता दिने बिधेयक पास

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ७ असार
    ७६२ पटक
    भक्तपुर, ७ असार

    प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा २ वर्ष अघि देखि अड्किएको नागरिकता सम्बन्धी बिधेयक पास भएको छ । गत मंगलवार बाट समितिमा पुन: छलफल चलाइएको उक्त बिधेयक बहुमतले पास भएको हो ।

    विदेशी महिलाले नेपाली पुरुष संग बिबाह गरेर लगातार ७ वर्ष नेपालमा बसेको प्रमाणित भएपछी मात्र अङ्गीकृत नागरिकता दिने व्यवस्थाको नागरिकता विधेयक २ वर्ष देखि पास हुन् सकेको थिएन । समितिको आइतबार बसेको बैठकले दुई वर्षदेखि अड्किएको नागरिकता विधेयक पास गरेको हो ।

    समितिले विदेशबाट बिबाह गरी ल्याइएकी नेपाली बुहारी सात वर्ष स्थायी बसोबास गरेको प्रमाण र विदेशी नागरिकता लिएको भए सो परित्याग गर्ने प्रक्रिया चलाएको अवस्थामा मात्र अंगीकृत नागरिकता दिन विधेयकमा व्यवस्था छ । साथै, नागरिकता नपाउँदासम्मका लागि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग गर्न ‘स्थायी आवासीय अनुमति पत्र’ दिइने व्यवस्था समेत गरिएको छ ।

    समितिको निर्णयमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, राजपा नेपाल र संघीय समाजवादी पार्टीले फरक मत राखेका छन् । उनीहरूले बिबाह गरेर आएपछि स्वत अंगीकृत नागरिकता दिनुपर्ने जिकिर गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...