News Portal

  • भक्तपुरमा एक सहित थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १२ हजार ३ सय ९ पुग्यो

    भक्तपुरपोस्ट संवाददाता१३ असार २०७७
    ९९९ पटक
    १३ असार २०७७

    काठमाडौँ । पछिल्लो २४ घण्टामा शनिबार भक्तपुरमा एक सहित थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको हो ।

    यस्तै नेपालका ७७ वटा जिल्लामा कोरोना देखिएको छ । शनिबार रसुवामा ९ जना कोरोना संक्रमित थपिएसँगै मुलुकका सबै जिल्लाहरुमा कोरोना संक्रमित भेटिएका हुन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा रसुवामा ८ पुरुष र १ महिला गरी ९ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

    थपिएका संक्रमितहरुमा भक्तपुरका १ ,काठमाडौँका ४,  उदयपुरका ७, इलामका ५ , मोरङ २ , धनुषाका ३ , महोत्तरीका ३० , पर्साका २, अछामका १३ , अर्घाखाँचीका १८ , बैतडीका २६, बझाङका ८ , बाजुराका ८६ , बाराका ८ , डडेलधुराका ८, डोटीका ७३, धादिङका ३ , गुल्मीका ८, जाजरकोटका १ , कैलालीका १४, कञ्चनपुरका ५, कपिलवस्तुका ८ , पर्साका १, रसुवाका ९, रौटहटका ३४, सल्यानका १३ , सर्लाहीका ६ र स्याङजाका २६ जना छन् ।

    त्यसैगरी, चितवनका २ , नुवाकोटका ६ , मकवानपुरका २, बाराका ४ , पाँचथरका १ ,  नवलपरासी पूर्वका २, बाग्लुङका ८, पाल्पाका २६ , प्युठानका ४९, रुपन्देहीका ८ , बाँकेका २ , बर्दियाका ४ , दाङका ३१, रोल्पाका १ र सुर्खेतका ७ जना रहेका छन् ।

    मन्त्रालयका अनुसार नेपालका मुलुकका सबै जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ ।यस्तै १ सय ३६ जना निको भएर घर फर्किएका छन् ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...