News Portal

  • भक्तपुरमा २ सहित थप ४७३ जना सङ्क्रमित, एक जना शिशुको मृत्यु, ६६४ जना निको

    भक्तपुरपोस्ट संवाददाता१८ असार २०७७
    ७०३ पटक
    १८ असार २०७७

    काठमाडौँ । भक्तपुरमा २ सहित पछिल्लो २४ घण्टामा देशभर थप ४७३ जनामा कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या १४ हजार ५१९ पुगेको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ४७३ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिए । जसमध्ये १०९ महिला र ३६४ पुरुष रहेका छन् ।

    विगत २४ घण्टामा चारहजार ५३७ कोरोना परीक्षण भएको छ । अहिलेसम्म दुईलाख ३७ हजार ७६४ वटा परीक्षण भएको छ । क्वारेन्टाइनमा ३८ हजार १०९ र आइसोलेसनमा दशहजार १३७ रहेका छन् । यस्तै, देशभर पाँच हजार ३२० डिस्चार्ज भएका छन् । बिहीबार देशभरबाट ६६४ जना निको भएर घर फर्केका छन् ।

    भक्तपुरमा दुई पुरुष सहित काठमाडौँमा ११ पुरुष र १७ महिला र ललितपुरमा दुई पुरुषलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

    यस्तै, सुनसरीका ४,मोरङका ६, झापाका १, सप्तरीका १०, धनुषाका ३०, महोत्तरीका १३, अछामका ३१, बझाङका ३५, डोटीका ५८, कैलालीका १६५, कञ्चनपुरका ३१, खोटाङका १, चितवनका २, वर्दियाका १, दाङका २, धादिङका १,दोलखाका २, गोर्खाका १, काभ्रेका १, मकवानपुरका १,पाल्पाका १,रामेछापका १,रुपन्देहीका १, सिन्धुलीका १, उदयपुरका १, नवलपरासीका १,सिन्धुपाल्चोकका ४, अर्घाखाँचीका २, नुवाकोटका १,रसुवाका १, बागलुङका १,पर्वतका २, तनहुँका ३,स्याङजाका २, कास्कीका १,लमजुङका १६, दाङका २, दैलेखका ३ तथा कालिकोटका १ जनामा संक्रमण पुष्टि भएको छ ।

    कोरोना भाइरसका कारण थप एकजनाको काठमाडौंको शिक्षण अस्पतालमा मृत्यु भएको छ । म्याग्दी जिल्ला धौलागिरि नगरपालिकाको वडा नम्बर ४ का ४९ दिनका एक शिशुको असार १७ गते साँझ ४ बजे मृत्यु भएको हो । योसँगै मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...