News Portal

  • सिन्धुपाल्चोकमा बाढी र पहिरोले ठूलाे क्षति : ३ को मृत्यु २० बेपत्ता

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २५ असार
    ८६८ पटक
    भक्तपुर, २५ असार

    सिन्धुपाल्चोकमा गएराति बाढी र पहिरोले ठूलाे क्षति पुर्याएकाे छ । बाढी र पहिरोमा परी ३ जनाको ज्यान गएकाे छ भने २० जना बेपत्ता भएका छन् ।

    बाह्रबिसे नगरपालिका जम्बुमा एल्मो ठाडो खोलामा आएको बाढीले १४ घर बगाएका कारण साेह्र जना बेपत्ता भएका छन् । भोटेकोशीमा बुलकुटे ठाडो खोलाले दुई वटा घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता भएका छन्। स्थानीयका अनुसार बाढी आएको थाहा पाएपछि बजारबासीको रातारात भागाभाग भएको थियो । राती १२ बजे आएको बाढीले कम्तिमा १४ घर बगाएको छ । मुख्यतः ठाडाे खोलाले लेदो माटो र ढुंगा बगाएर ल्याएपछि बस्ती बगाएको थियो । राती करिव १२ बजे बाढी आएकाले सवै सुतेको अवस्थाका भाग्न कठिन भएको स्थानीयको भनाई छ । भागदाैडमा कयाैं मानिसहरु घाइते भएका छन् ।

    जलेटार ब्यारेकमुनिको सडक खोलाले बगाएपछि त्यहाँ माथिको भौतिक सम्पर्क टुटेको छ । सडक भत्किएपछि अरनिको राजमार्ग अवरुद्ध भएकाे छ । अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे–कोदारीखण्डको खगदल भन्ने स्थानको पक्की पुल र डाडे खाेलकाे पुल नै बाढीले बगाएकाे छ । पक्की पुल नै बगाएपछि त्यहाँ आवतजावत पूर्णरुपमा बन्द भएको छ ।  ड्यामसाइडको भितोसहित बगाएको हुँदा त्यहाँ माथि जान सक्ने अवस्था छैन् । जम्बुलगायत तातोपानी क्षेत्र जानका लागि मानेश्वाराको बाटो हुँदै जानुपर्ने हुन्छ । यताबाट जान नसकिने हुँदा उता के भएको छ भन्ने एकिन विवरण प्राप्त भएको छैन् । सेना र प्रहरी उद्धारमा सक्रिय रहेकाे छ । हिजो मात्रै मोतियाविन्दुको शल्यक्रिया गरेका सभामुख अग्नी सापकोटा पनि उद्धारका लागि पुगेका छन् । तर, खराब माैसमका कारण हेलिकप्टर उड्न नसकेपछि घाइतेकाे उद्धार हुन सकेकाे छैन ।

    तस्विर : सिन्धुखबर

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...