News Portal

  • म्याग्दीका विभिन्न स्थानमा बाढी पहिरोमा परी १० को मृत्यु, १२ बेपत्ता, १० घरमा क्षति

    भक्तपुरपोस्ट संवाददाता२६ असार २०७७
    ९०४ पटक
    २६ असार २०७७

    म्याग्दी । म्याग्दीको विभिन्न स्थानमा बाढी पहिरोमा परी १० जनाको मृत्यु भएको छ, १२ जना बेपत्ता भएका छन् । धौलागिरी गाउँपालिका–७ ताकममा पहिरोमा परी दुई जना, मालिका गाउँपालिका–७ बिममा आठ जना गरी १० जनाको मृत्यु भएको छ ।

    त्यसैगरी, धौलागिरी गाउँपालिका–६, मराङमा १२ जना बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए । उनका अनुसार धौलागिरी गाउँपालिका मराङमा २० घर, ताकममा पाँच घर, मालिका गाउँपालिका–७, बिममा १० घर पूर्णरुपमा क्षति भएको छ ।

    जिल्ला प्रहरी कार्यालय म्याग्दीका डीएसपी किरणजङ्ग कुँवरका अनुसार घटनास्थलतर्फ प्रहरी टोली परिचालन भएको भए पनि पुगि नसकेकोले पूरा विवरण आउन अझै बाँकी छ ।

    त्यस्तै बेनी-जोमसोम सडक खण्डको गलेश्वरस्थित राहुघाट नदीमाथिको बेलीब्रिज नदीको कटानले पूर्णरुपमा क्षति भएको प्रजिअ ढकालले बताए । ढकालका अनुसार सबै क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ । तर सडक अवरुद्ध भएका कारण पुग्न कठिनाइ भएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...