News Portal

  • पोखरामा पहिरो जाँदा छ जनाको मृत्यु, सात जना घाइते

    भक्तपुरपोस्ट संवाददाता२६ असार २०७७
    ७०२ पटक
    २६ असार २०७७

    पोखरा । अविरल वर्षाका कारण गएको पहिरोमा परी पोखरा महानगर पालिकामा छ जनाको मृत्यु भएको छ । सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, कास्कीका डीएसपी सुवास हमालले जानकारी दिए ।

    राति करिब पौने ३ बजेको समयमा पोखरा महानगरपालिका–१८, सराङकोट गोठादीस्थित टङ्कबहादुर थापाको घर पहिरामा पर्दा घरमा सुतेकामध्ये पाँच जनाको मृत्यु भएको छ । उनीहरूको शव सङ्कलन भइसकेको डीएसपी हमालले बताए ।

    अन्य सात जना घाइते छन् । उनीहरूको उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल अस्पतालमा लगिएको छ । बिहीबार थापाको घरमा जन्मदिन मनाउन जम्मा भएका उनीहरू राति सुतेको बेला घरमाथिबाट खसेको पहिरोले पुरेको थियो ।

    त्यसैगरी, पोखरा महानगरपालिका–२५, हेम्जामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...