News Portal

  • जाजरकोटको पहिरोमा ७ जनाकाे मृत्यु, ५ जना बेपत्ता

    भक्तपुरपोस्ट संवाददाता२६ असार २०७७
    ७९८ पटक
    २६ असार २०७७

    जाजरकोट । बारेकोट गाउँपालिका–४, सार्कीगाउँमा शुक्रबार राति गएको पहिरोमा बेपत्ता भएका ७ जनाको शव भेटिएको छ । पहिरोले सार्कीगाउँका २ घर बगाउँदा १२ जना बेपत्ता भएका थिए । त्यस्तै बारेकोट–६, धुमास्थित खहरे खोलाले बगाएर २ जना बेपत्ता भएका छन् ।

    जाजरकोटका डीएसपी किशोर कुमार श्रेष्ठका अनुसार बेपत्तामध्ये सातजनाको शव भेटिएको र जसमध्ये तीनजनाको पहिचान खुल्न सकेको छैन ।

    पहिरोले घर बगाउँदा बेपत्ता भएका बारेकोट गाउँपालिका-४ सार्कीगाउँका ५२ वर्षीय गोपाल सार्की र उनको ११ वर्षका छोरा अर्जुन सार्की, कलु सार्कीको घरमा पाहुन आएका कुशे गाउँपालिका–९ का २० वर्षीया डिल्ली सार्की र १८ वर्षका वीरेन्द्र सार्कीको शव भेटिएको उनले बताए । अन्य तीन जनाको भने पहिचान खुल्न नसकेको उनले बताए ।

    बिहीबार रातिको पहिरोले बारेकोट गाउँपालिका-४ सार्कीगाउँका गोपाल सार्की र कालु सार्कीको घर बगाउँदा १२ जना बेपत्ता भएका थिए । ‘घटनाबारे म साथीहरुको सम्पर्कमै छु,’ डीएसपी श्रेष्ठले भने, ‘बेपत्ता अन्य पाँच जनाको खोजीकार्य जारी छ ।’

    सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक हेरम्ब पाण्डेको नेतृत्वमा प्रहरी टोली, सशस्त्र प्रहरी र सेनाको टोली सार्कीगाउँ घटनास्थलमा पुग्न नसकेको जाजरकोटका डीएसपी  श्रेष्ठले बताए ।

    घटनास्थल टाढा भएकोले उद्धारका लागि सदरमुकामबाट खटिएको टोली पुग्न नसकेको उनले बताए । सार्कीगाउँको पहिरोमा ५२ वर्षीय घरमुली गोपाल, उनकी श्रीमती ५० वर्षीया पुष्पा, १३ वर्षीया छोरी लक्ष्मी र ११ वर्षीय छोरा अर्जुन, अर्का घरमुली कलु सार्की, १४ वर्षीया छोरी तिर्खा, ११ वर्षीया छोरी कमला, ६ वर्षीय छोरा सुभाष र पाहुना बस्न आएका कुशे गाउँपालिका ९, चौराँटाका २० वर्षीय डिल्ली, १४ वर्षीया गौरी, १६ वर्षीया कविता र १८ वर्षीय वीरेन्द्र वेपत्ता भएका थिए । घटनास्थल सदरमुकाम खलंगादेखि करिब ९० किलोमीटरको दूरीमा रहेको छ ।

     

    प्रतिकृया दिनुहोस्

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...