News Portal

  • छोरीलाई एक नम्बरमा उर्तीण गराउन खोज्ने अधिकृतमाथि कारबाही हुने

    भक्तपुर, २९ असार
    ७९७ पटक
    भक्तपुर, २९ असार

    छोरीलाई परीक्षामा एक नम्बरमा उर्तीण गराउन खोज्ने लोक सेवा आयोगको अधिकृतमाथि कारबाही हुने भएको छ ।

    २०७६ जेठ ११ मा सञ्चालन भएको नेपाल वायु सेवा निगमको सहायक चौथो तह(खरिदार स्तर)को परीक्षामा सहभागी छोरीलाई उत्तर लेखिदिएर उर्तीण गराउन खोज्ने सुरक्षा निकाय तथा सङ्गठित महाशाखाको नतिजा तयारी शाखाका अधिकृत मिमबहादुर शाहीलाई कारबाही हुने भएको हो ।

    आयोग स्रोतका अनुसार उनलाई पाँच वर्षसम्म बढुवा र ग्रेड वृद्धि रोक्का गर्न लागिएको छ । छोरीको उत्तर पुस्तिकालगायत सबै परीक्षा आयोगले यसअघि नै रद्द गरिसकिएको छ ।

    अधिकृत शाहीले वस्तुगत परीक्षामा आउने ५० प्रश्नहरूको सबै उत्तर ‘सी’ मात्रै लेखेर बाहिरिन भनेका थिए । उत्तर पुस्तिका जाँच्ने क्रममा ‘सी’ लाई ‘ए’ ‘बी’ र ‘डी’ बनाएर सच्याउनका लागि उनले त्यसो गरेको खुल्न आएको छ । वस्तुगत परीक्षामा ५० वटै उत्तर मिलेको देखिएपछि आयोगले शङ्का लागेर छानबिन गर्दा पछि उत्तर सच्याएको प्रमाणित भएको थियो । विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणका क्रममा पछि सच्याएको प्रमाणित भएसँगै उक्त घटना बाहिर आएको हो ।

    यद्यपि आयोगमा यो नै पहिलो घटना भने होइन । यसअघि पनि बेला बेलामा यस्ता खाले घटनाहरू हुँदै आएका छन् । तर आयोगले स्थापित गरेको प्रणालीका कारण अन्तिम नतिजा प्रकाशन हुनु अघि नै समातिँदै आएका छन् । आयोगको यही विशेषताका कारण हालसम्म कहिँकतैबाट यसका कामकारबाहीमाथि प्रश्न उठ्न सकेको छैन भने संवैधानिक आयोगहरूमा सबैभन्दा बढी जनविश्वास कायम राख्न सकेको संस्थाको पहिचान बनाउन सफल भएको छ ।(प्रशासनबाट)

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...