News Portal

  • अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक होइन-परराष्ट्र मन्त्रालय

    भक्तपुरपोस्ट संवाददाता३० असार २०७७
    ८५० पटक
    ३० असार २०७७

    काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीको रामजन्मबारेको अभिव्यक्ति राजनीतिक विषयसँग नजोडिएको बताएको छ ।

    मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग नजोडिएको र कसैको भावनामा चोट पुर्याउने आशयको नभएको स्पष्ट पारेको हो ।

    प्रधानमन्त्री ओलीले रामजन्मबारे सोमबार दिएको अभिव्यक्तिप्रति नेपाल र भारतबाट टिकाटिप्पणी र आलोचना भएपछि पराराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै स्पष्टिकरण दिएको हो ।

    भानु जयन्तिको अवसरमा सोमबार प्रधानमन्त्री ओलीले बालुवाटारमा आयोजित कार्यक्रममा राम नेपालकै भएको र रामको जन्मभूमि अयोध्या नेपालको ठोरीमा रहेको दाबी गरेका थिए । जसलाई लिएर प्रधानमन्त्रीको नेपालमा र भारतमा आलोचना भइरहेको छ ।

    परराष्ट्रको विज्ञप्तिमा लेखिएको छ, ‘श्रीरामको जन्मभूमिलाई लिएर विभिन्न पौराणिक कथाहरू रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आफ्नो अभिव्यक्तिमा रामको जन्मभूमिको बारेमा थप अध्ययन र अनुसन्धानमा जोड दिन उक्त धारणा व्यक्त गर्नुभएको थियो ।’

    प्रधानमन्त्रीले रामले उपस्थिति जनाएको ठूलो सांस्कृतिक भूभाग र धनी सभ्यताको थप अध्ययन तथा अनुसन्धान हुनुपर्नेमा जोड दिएको पनि परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ ।

    ‘प्रधानमन्त्रीको अभिव्यक्ति भारतको अयोध्याको विशेषता र सांस्कृतिक महत्त्वलाई अवमूल्यन गर्नको लागि नभएको’परराष्ट्रले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

    परराष्ट्रले सांस्कृतिक परम्पराअनुसार विवाह पञ्चमीको दिन भारतको अयोध्याबाट नेपालको जनकपुरसम्म हरेक वर्ष विवाह आउने गरेको स्मरण गराएको छ ।

    प्रधानमन्त्री ओलीको अभिव्यक्ति पदीय जिम्मेवारी र कूटनीतिक मर्यादाअनुसार नआएकोको भन्दै सत्तारुढ नेकपाभित्रै आलोचना भइरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    हुण्डी कारोबारको आरोपमा राधेराधेबाट मानिस पक्राउ

    भक्तपुरको मध्यपुर थिमि-९ राधेराधेमा हुण्डी कारोबारको आरोपमा मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको...

    बुद्ध बोलीमा नभई ज्ञानमा र हिन्दु राष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बालेनको विचार

    काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) बेलाबखत सामाजिक संजाल तताईरहन्छन । बुधवार पनि उनले सामाजिक संजाल...

    भक्तपुर नगरपालिकामा रोजगारीको अवसर

    bhaktapur municipality

    जिल्लाकै जेठो भक्तपुर नगरपालिकाले कर्मचारी माग गरेको छ । नगरपालिकाले कम्प्युटर अपरेटर, सवारी चालक, हेल्पर...

    सकियो दसैं बिदा, आजबाट सरकारी कार्यालय खुल्ने

    बडा दसैंको सार्वजनिक बिदा सकिएको छ । दसैंमा बन्द सरकारी कार्यालय मंगलबार खुल्ने भएका छन्...

    अरनिको राजमार्गमा ५० किलोको पहिरो पन्छाइयो

    अरनिको राजमार्ग एकतर्फि सुचारु भएको छ । गएराति करिब १० बजेदेखि अवरुद्ध काभ्रे पाँचखाल-८ पचास...