News Portal

  • सामुदायिक विद्यालय शिक्षा सुधार समाज गण्डकी प्रदेश अध्यक्षमा गोपालबाबु मरहठ्ठा

    भक्तपुरपोस्ट संवाददाता३ श्रावण २०७७
    १९३५ पटक
    ३ श्रावण २०७७

    काठमाडौं । गोपाल बाबु मरहठ्ठाको अध्यक्षतामा सामुदायिक विद्यालय शिक्षा सुधार समाज नेपालको गण्डकी प्रदेश समिति गठन भएको छ । महेन्द्र मावि कुन्दुर गोरखाका प्रअ समेत रहेका मरहठ्ठाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन भएको हो ।

    नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा मुक्तिप्रसाद रेग्मी(स्याङ्जा), उपाध्यक्षमा दुर्गाप्रसाद पौडेल(पर्वत) र महासचिवमा सुर्य तिवारी (कास्की) रहेका छन् । यस्तै, सचिवहरुमा नइन्द्र गुरुङ(बागलुङ) र प्रेम लामिछाने (गोरखा) तथा कोषाध्यक्षमा सुमित्रा लम्साल (नवलपुर) रहेकी छन् ।

    कार्यसमिति सदस्यहरुमा गमबहादुर खत्री(म्याग्दी), डा. नन्दबहादुर खत्री(म्याग्दी), पदमराज पन्थी(मनाङ), दिनानाथ त्रिपाठी(लमजुङ), मालती भट्ट(गोरखा), प्रेम गौतम(मुस्ताङ), होमनाथ पाण्डे(म्याग्दी) रहेका छन् । यस्तै, सल्लाहकार समिति संयोजकमा पूर्णचन्द्र काफ्ले (पर्वत) रहेका छन् ।

    समितिमा अधिकांश विद्यालयका प्रअ, विव्यस अध्यक्षएवं सदस्य, शिक्षक, शिक्षाविद्, अभिभावकलगायतका शैक्षिक सरोकारवालाहरु आबद्ध रहेका छन् ।

    नवगठित समिति गण्डकी प्रदेशका सामुदायिक विद्यालयको शैक्षिक सुधारमा क्रियाशील रहेको अध्यक्ष गोपाल बाबु मरहठ्ठाले बताए । विशुद्ध गैर राजनीतिक समाज मात्र सामुदायिक विद्यालयको सिकाइ सुधारमा मात्रै केन्द्रित रहने मरहठ्ठाको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...