News Portal

  • सुकुम्बासी चेपाङ बस्तीमा बर्बर ज्यादती, प्रशासनले आगो लगाइदियाे

    भक्तपुरपोस्ट संवाददाता चितवन, ४ साउन
    १०९२ पटक
    चितवन, ४ साउन

    चितवनमा अल्पसंख्यक चेपाङ बस्तीमा निकुञ्ज प्रशासनले आगो लगाइदिएको छ । चितवन राष्ट्रिय निकुञ्जको जग्गामा घर बनाएको आरोपमा सरकारी निकायले नै आगो लगाइदिएको हो ।

    चितवनको माडी नगरपालिका वडा नम्बर ९ स्थित २ घरमा आगो लगाइदिएको र ८ घर हात्ती प्रयोग गरी निकुञ्ज प्रशासनले भत्काईदिएको स्थानीयले बताए । माडी नगरपालिकाले यसलाई अमानवीय कार्य भन्दै भत्सर्ना गरेको छ । नगर प्रमुख ठाकुर प्रसाद ढकालले बिज्ञप्ती मार्फत सुकुम्बासी चेपाङ समुदायका घरहरु भत्काउनु अमानवीय भएको भन्दै भत्सर्ना गरेका हुन् ।

    नगरपालिका र जनप्रतिनिधिलाई समेत थाहा नदिई गरिब परिवारको सर्वस्व हरण हुनेगरी गरिएको यो कार्य निन्दनीय भएको भन्दै स्थानीय सरकारको तर्फबाट नेपाल सरकारलाई ध्यानाकर्षण समेत गराइको छ ।

    गरीबको वकालत गर्ने कम्युनिष्ट भनिएको सरकार र त्यसमाथि चितवन गृह जिल्ला भएका गृहमन्त्री रामबहादुर थापा बादल र उनका सल्लाहकार सूर्य सुबेदी पथिकको कार्यकालमा आएर लामो समय देखि रहदै आएको सुकुम्बासी बस्तीमा भएको ज्यादती बर्बर भएको एक स्थानीयले बताए । गृह मन्त्री निकट श्रोतले भने उक्त घटनाबाट गृह मन्त्री बादल पनि मर्माहत भएको जिकिर गरेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका नेता इश्वर सापकोटाले  सो घटनामा संलग्नहरु मानवरुपी दानव भएको भन्दै कडा कारवाहीका लागि सरकारसंग जोडदार माग गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...