News Portal

  • प्रधानन्यायाधिश राणामाथि महाअभियाेग लगाउनु पर्ने माग

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ९ साउन
    ७३१ पटक
    भक्तपुर, ९ साउन

    प्रधानन्यायाधिश चाेलेन्द्र शमशेर राणा विरुद्ध एकाएक सडकमा तीब्र विराेध देखा परेकाे छ । यसैक्रममा शुक्रबार काठमाडाैंकाे माइतीघरमा उनीमाथि महाअभियाेग लगाउनु पर्ने माग गर्दै प्रदर्शन गरिएकाे छ ।

    प्रधानन्यायाधिश चाेलेन्द्र शमशेरसहितकाे इजलासले श्रीमतीको हत्या गरेपछि जेल सजाय काटिरहेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रन्जन कोइरालालाइ सजाय घटाएर जेल छुटाउने फैसला गरेपछि एकाएक प्रधान्यायाधिश विरुद्ध प्रदर्शन बढेका हुन्को ।

    स्वतन्त्र राष्ट्रिय अभियान नेपालको पहलमा माइतीघर मण्डलामा गरिएको प्रदर्शनमा सहभागीहरुले ‘अदालतको चोला फेर्न चोलेन्द्रलाई महाअभियोग’, ‘भागबण्डाको गोटीले, उन्मुक्ति पाए भेटीले’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले तत्कालिन पुनरावेदन अदालतले जन्मकैदको सजाय सुनाएको कोइरालालाई साढे ८ वर्षमात्र कैद हुने फैसला गरेको थियो । सर्वोच्चको साेही फैसला वमाेजिम बिहीबार कोइराला जेलबाट छुटेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...