News Portal

  • हेर्नुहोस् विद्यालय सञ्चालनबारे मन्त्रिपरिषद्ले गरेका ७ निर्णय

    भक्तपुरपोस्ट संवाददाता१४ साउन २०७७
    १५९६ पटक
    १४ साउन २०७७

    काठमाडौं । भदौ १ गतेदेखि नयाँ शैक्षिक सत्रकाे काम शुरु हुने भएको छ । कोभिड–१९ का कारण बन्द रहेका विद्यालय जनस्वास्थ्यका मापदण्ड र सुरक्षाका मापदण्ड पालना हुनेगरी विद्यालयका शैक्षिक क्रियाकलाप सञ्चालनार्थ सहजीकरणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

    मन्त्रिपरिषद्ले निर्णय गरेर प्रमाणित गरी शिक्षा मन्त्रालयलाई पठाएको निर्देशनमा भदौ १ गते देखि नयाँ शैक्षिक सत्रका कामहरु गर्नुपर्ने उल्लेख छ ।

    मन्त्रिपरिषद्ले पठाएको प्रमाणित निर्णयहरुमा शिक्षकहरु अनिवार्यरुपमा विद्यालय पुग्नुपर्ने तथा भाद्र १ गते देखि नयाँ भर्ना, कक्षागत विद्यार्थीको संख्या यकिन र भर्ना भएका विद्यार्थीको तथ्यांक भर्न निर्देशन दिइएको छ ।यस्तै, विद्यालय सञ्चालनको लागि तत्काल शिक्षा मन्त्रालयले विद्यालय पुनःसञ्चालन सम्बन्धी कार्यढाँचा जारी गर्नुपर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

    विद्यालयको शैक्षिक क्रियाकलाप सञ्चालनार्थ शिक्षकहरु भदौ १ अगाडि नै विद्यालय पुगिसक्ने व्यवस्था मिलाउने, नयाँ शैक्षिक सत्रमा अध्ययन गर्ने विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन बाँकी भए तत्काल उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।

    विद्यालय भवन तथा परिसरमा क्यारेन्टिन र आइसोलेशन सम्बन्धी कार्यहरु सञ्चालन नगर्ने तथा क्यारेन्टिन र आइसोलेशनको रुपमा प्रयोग हुन छाडेका विद्यालय भवनलाई तोकिएको मापदण्ड बमोजिम स्थानीय तहले निर्मलीकरण गरी अध्ययन अध्यापन गर्न योग्य बनाउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

    यस्तै, विद्यालय र विद्यालय परिसरभित्र तथा विद्यार्थी आवागमनमा प्रतिकूल असर पर्ने गरी या विद्यालय क्षेत्रको निकट हुने गरी कोभिड–१९ रोकथाम र नियन्त्रण सम्बन्धी संरचनाहरु नराख्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

    हेर्नुहोस् मन्त्रिपरिषदले दिएको निर्देशन
    कोभिड–१९ का कारण बन्द रहेका विद्यालय जनस्वास्थ्यका मापदण्ड र सुरक्षाका मापदण्ड पालना हुनेगरी विद्यालयका शैक्षिक क्रियाकलाप सञ्चालनार्थ सहजीकरणका लागि देहाय बमोजिम गर्ने :

    (क) शैक्षिक सत्र २०७६ को नतिजा प्रकाशन गर्न बाँकी रहेको भए नतिजा प्रकाशन गर्ने
    (ख) २०७७ भाद्र १ गतेदेखि नयाँ विद्यार्थी भर्ना गर्ने र कक्षागत रुपमा विद्यार्थीको सख्यात्मक विवरण यकीन गर्ने, भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्याङ्क भराउने ।
    (ग) नयाँ शैक्षिक सत्रमा अध्ययन गर्ने विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन बाँकी भए उपलब्ध गराउने ।
    (घ) विद्यालयको शैक्षिक क्रियाकलाप सञ्चालनार्थ विद्यालय, शिक्षकहरु विद्यालय पगिसक्ने व्यावस्था मिलाउने ।
    (ङ) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय पुनःसञ्चालन सम्बन्धी कार्यढाँचा जारी गर्ने ।
    (च) विद्यालय भवन तथा परिसरमा क्यारेन्टिन र आइसोलेशन सम्बन्धी कार्यहरु सञ्चालन नगर्ने । क्यारेन्टिन र आइसोलेशनको रुपमा प्रयोग हुन छाडेका विद्यालय भवनलाई तोकिएको मापदण्ड बमोजिम स्थानीय तहले निर्मलीकरण गरी अध्ययन अध्यापन गर्न योग्य बनाउने ।
    (छ) विद्यालय र विद्यालय परिसरभित्र तथा विद्यार्थी आवागमनमा प्रतिकूल असर पर्ने गरी या विद्यालय क्षेत्रको निकट हुने गरी कोभिड–१९ रोकथाम र नियन्त्रण सम्बन्धी संरचनाहरु नराख्ने ।

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...