News Portal

  • सवारी साधनमा बिहीवारबाट जोरविजोर लागू,राती आवागमन समेत बन्द (सूचनासहित)

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २१ साउन
    ७५६ पटक
    भक्तपुर, २१ साउन

    सरकारले भोलि बिहीवारबाट लागू हुने गरी जोर विजोर प्रणाली अनुसार सवारी साधन संचालन गर्न / गराउन सूचना जारी गरेको छ । गृह मन्त्रालयले प्रेस बिज्ञप्ती मार्फत सूचना सार्वजनिक गरेको हो ।

    मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाद्वारा प्रेषित प्रेस बिज्ञप्तीमा काठमाडौं उपत्यका भित्रका तीनवटै जिल्लामा र उपत्यका बाहिर २ सयजना भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका जिल्लाका लागि जोर विजोर प्रणाली लागू हुने जनाइकाे छ ।

    सरकारले भदौ १ देखि लामो दुरीको सवारीसाधन समेत चलाउन दिने बताइरहँदा कोरोना संक्रमितको संख्या बढेसंगै सरकार पुन: विजोर प्रणाली लागूगर्ने अवस्थामा आइपुगेको हो ।

    संक्रमितको संख्या बढेसंगै संक्रमणको जोखिम बढेपछि विज्ञहरुले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली लाई सवारी साधनमा जोरविजोर लगाउन सुझाएका थिए ।

    सरकारी आदेश अनुसार बिहीवारबाट जोर बार जोर नम्बरका र बिजोर बार बिजोर नम्बरका सवारी साधन मात्र चल्न पाउने भएका छन् । त्यतिमात्र होइन राती ९ बजेदेखि बिहान ५ बजेसम्मका लागि आवागमन समेत बन्द गर्ने बताइएको छ । त्यसैगरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालन नगर्नेलाई दण्ड जरिवानामा कडाइ गर्ने र कामदारले उक्त मापदण्ड उलंघन गरे सस्थाको संचालकलाई कारवाही गर्ने समेत जानकारी गराइएको छ ।

    हेर्नुस् थप

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...