News Portal

  • सरकारी रकम आफन्तको नाममा जम्मा गर्ने लेखापालसहित ४ पक्राउ

    भक्तपुरपोस्ट संवाददाता रुकुम, २३ साउन
    ७९२ पटक
    रुकुम, २३ साउन

    सरकारी रकम आफन्तको नाममा जम्मा गरेको अभियोगमा एकजना लेखापालसहित उनका नातागोताका ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पश्चिम रुकुमको त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसी, सह-लेखापाल समेत रहेका उनका भतिज सुवास केसी, स्थायी शिक्षक समेत रहेका उनका भाइ विकास केसी र उनका भतिज भिमसेन केसी रहेका छन् ।

    उनीहरुलाई राती ९ बजे गाउँपालिकाको कार्यालयबाट गिरफ्तार गरिएको रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले पुष्टि गरे । आफूविरुद्धका प्रमाण नष्ट गर्न राति ९ बजे कार्यालयमा पुगेका उनीहरुलाई स्थानीयको सूचना पछि प्रहरीले पक्राउ गरेको हो । स्थानीय प्रहरीले उनीहरुलाई सदरमुकाम स्थित जिल्ला प्रहरी कार्यालय पुर्याई अनुसन्धान गरिरहेको बताइएको छ ।

    गाउँपालिकाको करिब पच्चीस लाख रुपैया उनीहरुले मिलेमतोमा लेखापाल हेमन्त, उनकी श्रीमती बिरमा र भतिज सुवासको नाममा राखेको अभियोग लागेको छ ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...