News Portal

  • २ ठूला अस्पतालका इमरजेन्सी समेत बन्द

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २८ साउन
    १२०८ पटक
    भक्तपुर, २८ साउन

    कोरोना भाइरस फैलिएर राजधानीमा त्रास उत्पन्न भइरहेका बेला राजधानीका ठूला अस्पताल समेत सिल हुन थालेका छन् । संक्रमण स्वास्थ्यकर्मी र विरामीमा समेत फैलिन थालेको छ । जसका कारण अस्पताल लगिएका विरामीहरु अचानक सार्न थालिएका छन् । बुधवार राजधानीका दुई ठूला अस्पताल सिल भएका छन् ।

    अहिले केही समय अघि राजधानीको महाराजगञ्जस्थित टिचिङ अस्पतालको इमरन्जेसी सेवा सिल गर्न थालिएको त्यहाँ उपचार गराइरहेका विरामीका आफन्तले जानकारी दिएका छन् । भर्याङबाट लडेर उपचार गराउन टिचिङ अस्पताल पुगेका एक विरामीका आफन्तले अस्पतालको इमरजेन्सीमा रहेका स्वास्थ्यकर्मी र विरामीमा समेत कोरोना भाइरस पोजिटिभ देखिएको भन्दै त्यहाँबाट विरामीहरु धमाधम अर्को वार्ड सार्न थालिएको बताए ।

    अस्पतालमा रहेका विरामीहरु केहीलाई अरु वार्डमा सार्ने र केहीलाई अरु अस्पतालमा सार्न थालिएको पनि बताइएको छ । इमरजेन्सीको निश्चित एरिया अहिले पूरै सिल गरिएको एक विरामीका आफन्तले जानकारी दिए । यसका बारेमा जानकारी लिनखोज्दा शिक्षण अस्पताल महाराजगञ्जको फोन लाइन लामो समयसम्म व्यस्त रहेको छ । अहिले अस्पतालकाे मुख्य गेट नै बन्द गरिएकाे छ । अस्पताल भित्र रहेका विरामी, स्वास्थ्यकर्मी कसैलाइ बाहिर निस्कन र बाहिरका कसैलाइ पनि भित्र छिर्न दिइएकाे छैन ।

    आजै राजधानीको मध्यभाग बागबजारमा रहेको मोडेल अस्पतालमा पनि सिल गरिएको छ । दिउसो २ बजेदेखि नै मोडल अस्पतालमा कोरोनाले निकै ठूलो त्रास उत्पन्न गराएको त्यहाँ उपचारमा गएका अर्का विरामीका आफन्तले बताए । उनले दिएको जानकारी अनुसार मोडेल अस्पतालमा दिउसो २ बजेतिर एकाएक त्यहाँ भर्ना भएका एक विरामीमा कोरोना पुष्टि भएको हल्ला फैलियो । त्यसपछि अस्पतालका स्टाफले सबै विरामीहरुलाई सचेत हुन आग्रह गरे । त्यहाँ उपचारका लागि आजै पुगेका विरामी र विरामीका सहयोगीहरुलाई बाहिर हटाइयो । त्यसपछि त्यहाँबाट डिस्चार्ज भएका एक विरामीमा कोरोना फैलिएको बताइयो । त्यही अस्पतालमा भर्ना भएर उपचार गराएका विरामीमै कोरोना पुष्टि भएको थाहा भएपछि अस्पताल सिल गरिएको बताइएको छ ।

    पछिल्लो समय राजधानीमा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ । कोरोनाको संक्रमण दर बढेपछि उपत्यकाका सबै स्थानीय तह तीन साताका लागि बन्द गरिएका छन् । साथै सरकारले राजधानीका सबै रेस्टुरेन्ट तथा होटेलमा बसेर खान नपाइनेगरी प्रतिबन्ध लगाएको छ । रेस्टुरेन्टबाट लगेर आफ्नो निवासमै खान मात्र पाइने गरी रेस्टुरेन्ट खोल्न पाइने व्यवस्था गरिएको छ । त्यसैगरी सरकारी कार्यालयहरुमा समेत आधा कर्मचारीहरुको मात्र उपस्थित हुने गरी व्यवस्था गरिएको छ । लकडाउन खोलेर सामान्य अवस्थामा फर्किसकेपछि राजधानीमा फेरि यस्तो प्रतिबन्धमा जान थालिएको हो ।

    कोरोना भाइरसको संक्रमण राजधानीमा बढ्न थालेपछि केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न क्षेत्रका विज्ञहरुलाई बोलाएर छलफल पनि गरेका थिए । उक्त छलफलमा केही विज्ञहरुले कम्तिमा २ हप्ता कडा लकडाउन गर्नुपर्ने सुझाव राखेका थिए । त्यसैगरी केही विज्ञहरुले सामाजिक दुरी कडिकडाउ रुपमा लागु गर्नुपर्ने, मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य रुपमा गराउनुपर्ने तर लकडाउनमै नगरे हुने सुझाब दिएका थिए । त्यसपछि सरकारले भदौ १ गतेदेखि खोल्ने भनेका हवाइ सेवा र लामो दुरीका यातायात भदौ १५ गतेसम्म नखोल्ने निर्णय गरेको थियो । साथै अन्य क्षेत्रमा पनि प्रतिबन्ध लगाएको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...