News Portal

  • सिन्धुपाल्चोक पहिरो अपडेट : १३ काे मृत्यु, ११ को सनाखत

    भक्तपुरपोस्ट संवाददाता ३१ श्रावण २०७७
    ११७७ पटक
    ३१ श्रावण २०७७

    भक्तपुर । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदी गाउँमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १३ पुगेको छ । शनिबार विहान थप दुई जनाको शव भेटिएपछि मृतकको संख्या १३ पुगेको हो  । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले भने, ‘खोजतलासको क्रममा थप दुईवटा शव भेटिएको भनेर मलाई केहीबेरअघि रिपोर्टिङ भएको छ । सायद अहिलेसम्म बाहिर निकाली पनि सक्यो होला ।’

    लिदी गाउँको तामाङ वस्तीमा शुक्रबार बिहान करिब ६ बजेतिर पहिरो गएको थियो । पहिरो गएको स्थानबाट शुक्रबार नै ११ जनाको शव निकालिएको थियो । उनीहरुको सनाखत भइसकेको र सदगदको प्रक्रियामा गइसकेको प्रजिअ ढकालले बताए । मृत्यु हुनेमा पुरुष दुई, महिला चार र बालबालिका पाँच जना छन् । पहिरामा परेका २७ अझै बेपत्ता छन् । मृत्यु हुनेमा पिर्ती दोङ, धनमाया दोङ, टीकामाया दोङ, छिरिङ दोङ, जिताइ झाँक्री, मिलन दोङ, सानू दोङ, जयबहादुर दोङ, दावाल्हामु दोङ, तारल्हमो दोङ र रिमेक्स दोङ रहेका छन् ।

    लिदीको तामाङ वस्तीका केही व्यक्तिहरु अझै बेपत्ता छन् । उनीहरुको खोजी पनि जारी रहेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । खोजी तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोली खटाइएको छ ।

    पहिरोबाट पीडित भएकाहरुलाई शनिबार पनि राहत सामग्री पठाइएको प्रजिअ ढकालले बताए । उनका अनुसार शनिबार खाद्यान्न, अस्थायी शौचालय, खानेपानीका पाइप लगायतका सामग्री लिदीमा पठाइएको छ । ‘हरेक परिवारलाई एक–एक बोरा चामल, दाल, नुन, तेल लगायतका सामग्रीहरु पठाएका छौं,’ प्रजिअ ढकालले भने ।

    शुक्रबारै पनि पीडित परिवारहरुलाई राहत सामग्री वितरण गरिएको थियो । सभामुख अग्नि सापकोटाको पहलमा खाद्यान्नका साथै टेन्ट, ओढ्ने, ओछ्याउनेलगायतका सामग्री वितरण गरिएको थियो । यसैगरी गृहमन्त्री रामबहादुर थापा बादलले दुई लाख नगद हस्तान्तरण गरेका थिए ।

    सभामुख सापकोटा र गृहमन्त्री थापासहितको टोलीले शुक्रबार पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेको थियो  ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...