News Portal

  • बाढीमा ज्यान गुमाएका मृतकका परिवारलाई दुई लाख

    ७५६ पटक

    कैलाली, २ भदौ । कैलालीको भजनीमा बाढीमा बगेर ज्यान गुमाएका तीन मृतकका परिवारलाई संघीय सरकारले राहत उपलब्ध गराएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत मृतकका परिवारलाई जनही दुई/दुई लाख राहत रकम उपलब्ध गराइएको हो ।

    भजनी नगरपालिकामा गत साउन १४ गते आएको बाढीमा परी ज्यान गुमाएका भजनी-८ काढाँढिकका ईश्वर शाह, चक्रबहादुर विक र जनकपुरका एजिकल चौधरीका परिवारलाई प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बोहराले दुई/दुई लाखको चेक हस्तान्तरण गरेका हुन् ।

    उनले शाहकी श्रीमती शोभा शाह, विककी श्रीमती सावित्री विक र चौधरीका बुवा रमेश चौधरीलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् ।

    भजनीका बाढीपीडितले रकम पाएपछि राहत महसुस गरेको भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले बताए । “बाढीले भजनीमा त्रास सिर्जना भएको छ । बाढीमा बगेका परिवारमा थप पीडा छ”,उनले भने, “पीामा राहत पाउँदा सरकार भएको अनुभूति पीडितले गरेका छन् ।”

    भजनीमा बाढीका कारण एक हजार ६७१ परिवार विस्थापित भएका छन् । ती मध्ये केही घर फर्किए पनि अझै सयौँ परिवार हुलाकी राजमार्ग र सामुदायिक वनमा टहरा बनाएर बसिरहेका छन् । पीडितले अझै बासस्थानमा फर्कन सक्ने अवस्था नभएकाले सरकारले उचित बासस्थानको व्यवस्था गरिदिनुपर्ने माग गर्न थालेका छन् । भजनी नगरपालिका र विभिन्न सङ्घसंस्थाले प्रभावितलाई खाद्यान्न, लत्ता कपडालगायतका अत्यावश्यक राहत वितरण कार्य गरिरहेका स्थानीय जयप्रसाद ढुङ्गानाले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...