News Portal

  • दिदीको दृष्टिमा डोनल्ड ट्रम्प ‘ढँटुवा र सिद्धान्तहीन व्यक्ति’

    भक्तपुरपोस्ट संवाददाता८ भाद्र २०७७
    १०६७ पटक
    ८ भाद्र २०७७

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी दिदी मारियन ट्रम्प ब्यारीले आफ्नो भाइको कटु आलोचना गरेको श्रव्य सामग्री सार्वजनिक भएको छ। उनले बोलेको कुरालाई गोप्य रूपमा रेकर्डिङ गरिएको सो सामग्रीमा ट्रम्पकी दिदीले भाइलाई “सिद्धान्तहीन, ढँटुवा, नक्कली तथा निर्दयी” भनेकी छन्। राष्ट्रपतिकी भतिजी मेरी ट्रम्पले उक्त गोप्य रेकर्डिङ गरेकी थिइन्।

    मेरी ट्रम्पको गत महिना प्रकाशित किताबमा राष्ट्रपतिको चर्को आलोचना गरिएको छ। कुनै कानुनी समस्यामा फस्नबाट जोगिन आफूले सो रेकर्डिङ गरेको मेरी ट्रम्पले बताएकी छन्।

    के भन्छ ह्वाइट हाउस?

    “हे भगवान्! उसको ट्वीट र झुट। यो नक्कलीपना र निर्दयीपना,” श्रव्य सामग्रीमा मारियनले भनेको सुनिन्छ। सो श्रव्य सामग्री सुरुमा द वाशिङ्टन पोस्ट पत्रिकाले बाहिर ल्याएको थियो। त्यसपछि समाचारसंस्था एपीले पनि प्राप्त गर्‍यो।

    राष्ट्रपति ट्रम्पले यी पछिल्ला घटनाक्रमबारे प्रतिक्रिया जनाएका छन्।ह्वाइट हाउसले जारी गरेको वक्तव्यमा भनिएको छ: “हरेक दिन कुनै नयाँ विषय आउँछ। कसलाई वास्ता छ!”

    अरूलाई परीक्षा दिन लगाएको दाबी

    गोप्य रेकर्डिङमा ब्यारीले ट्रम्प प्रशासनको आप्रवासीनीतिको आलोचना गरेकी छन् जसका कारण सीमामा भएका हिरासतकेन्द्रमा बालबालिकाले थुनिनुपर्‍यो।”उनी केवल आफ्ना समर्थकले चाहेको जस्तो गर्न चाहन्छन्,” ब्यारीले भनिन्।

    भतिजी मेरी ट्रम्पको किताबमा कसरी राष्ट्रपति ट्रम्पले साथीलाई पैसा दिएर आफ्नो साटो एसएटी परीक्षा – विश्वविद्यालयमा स्थान निश्चित गर्न आवश्यक एउटा परीक्षा- मा बस्न लगाएका थिए भनेर उल्लेख छ।

    ब्यारीले त्यसैप्रति इङ्गित गरेको श्रव्य सामग्रीमा सुनिन्छ। त्यसमा उनी ट्रम्पका ती साथीको नाम पनि याद भएको बताउँछिन्।”उनी (ट्रम्प) पेन्सल्भेनीआ विश्वविद्यालयमा भर्ना हुन सके किनभने उनले अरू कसैलाई आफ्नो तर्फबाट परीक्षा दिन लगाए,” ब्यारीले भनिन्।विगतमा ब्यारीले आफ्नो भाइप्रति समर्थन व्यक्त गरेकी थिइन् र निकटता देखाएकी थिइन्।आफ्नो शल्यक्रिया हुँदा भाइले हरेक दिन अस्पतालमा भेट्न आएको उनले स्मरण गरेकी थिइन्।

    विविसीबाट

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...