भक्तपुर, ललितपुर र काठमाडौंमा जारी निषेधाज्ञा थप एक साता जारी राख्नपर्ने निष्कर्ष निकालिएकाे छ ।
तीन वटै जिल्लाका सिडिअेासहित जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा मंगलबार बसेको बैठकले एक साता निषेधाज्ञा थप्नपर्ने निष्कर्ष निकालेकाे हो । गत बुधबारदेखि घोषणा गरिएको निषेधाज्ञाको अवधि भोलि राती १२ बजे सकिँदैछ ।
मंगलबार दिउसोको बैठककाे निष्कर्षसंगै तीनै जिल्लाका सुरक्षा समितिले निषेधाज्ञा थप एक साता जारी राख्नपर्ने विषयमा सहमतिसमेत जनाइसकेका छन् । गृह मन्त्रालाय र प्रधानमन्त्री कार्यालयकाे निर्देशन बमाेजिम जिल्ला प्रशासन कार्यालयहरुले अर्काे सूचना जारी गरी निषेधाज्ञा थप एक साता लम्बाउने स्राेतले जानकारी दिएकाे छ ।