News Portal

  • शुक्र ग्रहमा जीवनको संकेत

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ३० भदौ
    १०५१ पटक
    भक्तपुर, ३० भदौ

    एजेन्सी । खगोलविद्हरुले शुक्र ग्रहमा जीवन हुनसक्ने सम्भावनायुक्त संकेतहरु प्राप्त गरेका छन् । खगोलविद्हरुलाई शुक्र ग्रहको वायुमण्डलमा एक यस्तो ग्यास मिलेको थियो जसले त्यहाँ जीवन हुनसक्ने सम्भावना देखाएको छ ।

    यसलाई विश्लेषण गर्दै शुक्र ग्रहको वायुमण्डलमा सुक्ष्म जीवन रहेको हुनसक्ने सम्भावनालाई जनाएको रिपोर्ट बिबिसीले प्रकाशित गरेको छ ।

    फस्फिन नामक उक्त ग्यासको अणु जो एक फस्फोरसको कण तथा तीन हाइड्रोजनको कण मिलेर बनेको छ । पृथ्वीमा फस्फिनको सम्बन्ध जीवनसँग हुन्छ । यो पेन्गुईन जस्ता जनावरको पेटमा हुने सुक्ष्म जीवसँग सम्बन्धित र कम अक्सिजनयुक्त क्षेत्रमा पाइन्छ ।

    फस्फिन कारखानामा पनि बनाउन त सकिन्छ तर, शुक्र ग्रहमा काराखाना छैन र त्यहाँ निश्चित रुपमा कुनै पेन्गुइन पनि छैन ।

    शुक्र ग्रहमा यो ग्यास त्यो पनि ग्रहको सतहको ५० किलोमिटर माथि किन छ ? ब्रिटेनको कार्डिफ विश्वविद्यालयका प्राध्यापक जेन ग्रिब्स र उनका सहकर्मी यही प्रश्नको हल खोजिरहेछन् ।

    उनीहरुले नेचर एस्ट्रोनोमी नामक एक जर्नमा यससम्बन्धी रिपोर्ट प्रकाशित गराएका छन् । जहाँ शुक्रका फस्फिन प्राप्त भएको बारेमा विस्तारमा उल्लेख गरेका छन् । साथै उनीहरुले आफूहरुको जाँचका बारेमा पनि उल्लेख गरेका छन् ।

    साथै यो विश्वास दिलाउन खोजेका छन् कि यो अणु कुनै प्राकृतिक, ननबायोलोजिकल माध्यमबाट बनेको हुनसक्छ ।

    यद्यपी उनीहरुले शुक्र ग्रहमा जीवन रहेको सम्बन्धमा दावी गरेका छैनन् । यद्यपी यो चाँही भनेका छन् कि यससम्बन्धमा थप अध्ययन हुनु जरुरी छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...