News Portal

  • अन्तत: वामदेव गौतम राष्ट्रिय सभा सदस्य मनोनीत

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १ असोज
    ७९० पटक
    भक्तपुर, १ असोज

    नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभाको सदस्य मनोनीत भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई उक्त पदमा मनोनीत गरेकी हुन् ।

    गौतमलाई आजै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले शपथ ग्रहण गराउने कार्यक्रम रहेको जनाइएको छ ।

    तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि रिक्त राष्ट्रियसभामा ठूलो रस्साकस्सी पछि सोमवारको मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

    गौतमलाई राष्ट्रपति भण्डारीले संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम मनोनीत गरेकी राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी गराए ।

    प्रतिकृया दिनुहोस्

    नेपालको समृद्धिका लागि बिआरआई महत्वपूर्ण

    चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआईमार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम...

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका...

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...

    शिक्षा विधेयकका लागि सदन र सडकबाट दबाब आवश्यक : प्रचण्ड

    नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय शिक्षा विधेयक पारित गर्न सदन...