News Portal

  • नेपालमै छ नेप्का गाउँ जहाँ एकैदिन ७ पटक घाम उदाउने र अस्ताउने गर्छ

    कर्णबहादुर रोकायाहुम्ला, १२ असाेज
    २३२३ पटक
    हुम्ला, १२ असाेज

    उच्च हिमशृङ्लाहरुले हिमसेनाका रुपमा चारैतिर चौबिसै घण्टा, बाह्रै महिना नियमित, निरन्तर र अविरल पहरा गरेका छन् । तिनीहरूले सत् असत्को लेखाजोखा गरेका छन् । कालो सेतोको होरो कोरो छन् । राम्रो नराम्रोको डोरो बाँधेका छन् । उचनिचको विभेद छोडेका छन् । घामपानीको लुकामारी खेलेका छन् । तर, यो असन्तोषी मान्ठलाई त सकेको सबै कुरोको दोहोन गरेर वितृष्णा, घृणा, विकृति, विकार र विषाक्त भाव, संकेत, कम्पन र अफवाहहरू मात्र दिन जानेको छ ।

    हो, नेप्काले पनि यहाँका मान्ठबाट त्यहीँ पाएको छ तापनि शुद्ध हावा, स्वच्छ पानी, अमृत फल, सुगन्धित फूल र प्रकृति प्रदत्त अन्नबालीहरू दिएको छ । यो यसको बायोडाटा हो । यो यसको सीभी हो । यो यसको परिचय हो । हिमालको कापमा रहेको सानो उच्चसमस्थली नै नेप्का गाउँको भू–अस्तित्व हो । यहाँ जाने नौला मान्छेलाई कुनै अलौकीक, अनमोल, अमुक, अदम्य साहस बोकेको सुन्दर प्राकृतिक गुफामा गएको अनुभव हुन्छ ।

    अरस्तुले ‘प्रकृति नै कलाको अनुकरण हो’ भने झैँ लाग्छ यो एक कलाका वादहरूको पनि महावादको मूर्त अमूर्त जालोको संसार हो कि आस्तिकले हेरे आस्तिक जस्तै छ । नास्तिकले हेरे नास्तिक जस्तै छ । लामाले हेर त्रिपीटक जस्तो छ । हिन्दुले हेरे गीता जस्तो छ । मुस्लिमले हेरे कुरान जस्तो छ । इसाईले हेरे बाइवल जस्तो छ । तर के हो र, के होइन र ? नेप्का ! यसैले नेप्का नेप्का नै हो । यो अरु हुन सक्दैन ? लाग्छ यहाँ समाधि लिएर बसुँ कि कलम लिएर लेखुँ । सरस्वतिको बन्दना गरु कि लक्ष्मीको उपासना गरुँ ? दमाहाको समर दुन्दुभी बजाऊँ कि ढोलको रन्को कजाऊँ ? तालमिजुराको ताल मिलाऊँ कि काल मिजुराको काल फिजाऊँ ? यो नेप्का हो मात्रै नेप्का हो ।

    तामाङ बस्तीले भरिएको नेप्काको आफ्नै जातीय इतिहास छ । त्यहाँका जीनापाखाका अनुसार नेप्केलहरूको आखिरको जात ठकुरी हो । ठकुरी बाजे र भोटेनी बजैबाट जन्मिएका रहेछन् नेप्केलहरूको बाजे । बजैको जात चलाएकाले हाल ठकुरीको साँटो तामाङ भएका रहेछन् । शिकार खेल्नु नेप्केलहरूको पेशा नै भइसकेको छ । समय सापेक्ष हरेक कुराको विकास हुदो रहेछ । पहिले पहिले हिउँद हिउँ परेको समयमा मात्रा शिकार खेल्ने नेप्केलहरू आजभोलि फलामे तारको पासो थापी बाह्रै महिना शिकार खेल्दा रहेछन् ।

    यसरी सधैभरि शिकार खेल्ने हो भने अवश्य वनका मृग सकिने छन् र भावी पुस्ताले मृग कस्तो हुन्छ भन्ने कुरा नाम निसान पनि पाउने छैनन् । यसैले समयमै यो कुरालाई आवश्यक रोक लगाई वन्यजन्तुको संरक्षण गर्नुपर्ने देखिन्छ । भौगोलिक रुपमा चारैतिरबाट डाँडाकाँडाहरूले घेरिएको छ नेप्का गाउँ ।

    हुम्लामा करीब दुई दशक अघिसम्म पनि दोलाजी प्रथा कायम रहेको पाइन्छ । यसैको एक ज्वलन्त उहाहरण हो नेप्का गाउँ । यहाँका तामाङहरूले आफुलाई चन ठकुरीको सन्तान हौ भनेर गर्व गर्छन् ।

    समयले कुनै समयको कुनै कुरा आकर्षण हुन्छ भने कुनै बेला घृणीत पनि त हुन्छ । कुनै बेलाको पबित्र वस्तु कुनै बेलाको अपबित्र पनि त हुन्छ । यसैले आफुहरूलाई ठकुरीका सन्तान हौं भनेर परिचय दिने यहाँका ब्याँसीहरूले भूतको सामन्ती संस्कारको अवशेषको गन्धलाई सुँघेर बस्ने कि अहिलेको जनजातिय सूचिकरणको प्रक्रियामा जाने यो एक विरोधाभास तर यथार्थको खोजीको समय आएको छ ।

    यो शान्त सुन्दर र पवित्र स्थानमा देउरुपाको कलुषित भाव झल्केको छ । यसलाई पखाल्नुपर्छ ताकी अरु देउरुपाहरू नजन्मिऊन ? तर यो कुरा त नेप्केलहरूको लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात जस्तै भएको छ । यहाँ सबै प्राकृतिक छन् मान्छे र अरु अरु र पनि अरु ? न त छ शिक्षा, न त छ स्वास्थ्य, न त छ सञ्चार र छ न कुनै सरकारी निकायको उपस्थिति र सक्रियता ? यसैले यसको आवाज सिंहदरबार र शितल दरबार पुग्दैन । यसका लागि बलिराज साईको खोजी गर्न आवश्यक छ । यसका लागि त रामबहादुर तामाङ्गहरू गाविसको अध्यक्ष हुनुपर्छ । यसका लागि त मोती तामाङ्गहरू शिक्षक बन्नुपर्छ । यसका लागि त रन्जीत तामाङ्गहरूले क, ख, ग, घ पढ्नुपर्छ । यहाँका लागि नरजंग तामांगहरुले समाचार लेखिरहनु पर्छ । तब मात्र नेप्का, नेप्का हुने छ नत्र उही आदिम नेप्का उही प्राकृत् नेप्का उही जैविक नेप्का ?

    यो गाउँका असोजदेखि चैत्र महिनासम्म प्रति दिन एक बिहानै गाउँ वरपर घेरिएर बसेका विभिन्न हिमालहरुलको काखमा लुकामारी गरेर सात पटकसम्म घाम उदाउने र अस्ताउने कर्म देख्दा आफैलाई अचम्म लागेर आउँछ । यसैले पनि मित्रहरु यो गाउँको अनुपम अनुभव सँगाल्न एक पटक अवश्य पुगौं ।

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...