News Portal

  • ५ सय सहसचिव र उपसचिवका लागि बिज्ञापन खोल्दै लोकसेवा

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २३ असोज
    ९१७ पटक
    भक्तपुर, २३ असोज

    लोकसेवा आयोगले यही असोजको अन्तिम बुधबार करिब ५ सय संख्यामा सहसचिव र उपसचिव पदमा विज्ञापन खुलाउने भएको छ । आयोगका अनुसार बढुवा, समावेशी, खुला तथा आन्तरिक गरी करिब ५ सयको संख्यामा विज्ञापन खुलाउन तयारी भएको हो ।

    आयोगका प्रवक्ता देवीप्रसाद सुवेदीले असोजको अन्तिम बुधबार सहसचिव र उपसचिव पदमा विज्ञापन खुलाउने निणर्य आयोगको बोर्डबाट भएको बताउँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्वास्थ्य मन्त्रालय तथा संसद् सचिवालयबाट सहसचिव र उपसचिव पद रिक्त संख्या प्राप्त भएको बताए ।

    आयोगले हरेक वर्ष असोज अन्तिम बुधबारदेखि विज्ञापन खुलाउन सुरु गर्छ। यो क्रम चैतको अन्तिम बुधबारसम्म रहन्छ । जसअनुसार आयोगले असोजको अन्तिम बुधबार सहसचिव, उपसचिव पदमा तथा कात्तिक महिनाको अन्तिम बुधबार प्राविधिक पदमा विज्ञापन आह्वान गर्ने गरेको छ ।

    यसैगरी मंसिरको अन्तिम बुधबार शाखा अधिकृत पदमा विज्ञापन आह्वान गर्ने गरेको छ । असोज पहिलो साता बसेको मन्त्रिपरिषद् बैठकले आयोगलाई विज्ञापन खुलाउन आग्रह गर्ने निणर्य गरेको थियो ।

    आयोगले यस वर्ष ३ देखि ४ हजार पदमा संघका लागि विज्ञापन खुलाउँदै छ । आयोगले विज्ञापन खुलाउनुअघि संघीय मामिला मन्त्रालयले रिक्त पदको विवरण पठाउने गर्छ ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...