News Portal

  • चन्द्रागिरिमा कोरोना सङ्क्रमित ५५१ पुगे, पाँचजनाको मृत्यु

    ६५६ पटक

    काठमाडौं, २३ असोज । चन्द्रागिरि नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ५५१ पुगेको छ । काठमाडौंको उपत्यका प्रवेशद्वारको मुख्य नाकामा रहेको चन्द्रागिरिमा बिहीबार १३ सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमितको सङ्ख्या ५५१ पुगेको हो । चन्द्रागिरिको सबैभन्दा थोरै वडा २ मा आठ र सबैभन्दा धेरै वडा ८ मा १०४ सङ्क्रमित भेटिएका छन् ।

    यस्तै वडा १ मा १३, वडा २ मा आठ, वडा ३ मा ३६, वडा ४ मा २८, वडा ५ मा २९, वडा ६ मा १६, वडा ७ मा १५, वडा ८ मा १०४, वडा ९ मा १६, वडा १० मा ३०, वडा ११ मा ५९, वडा १२ मा ४६, वडा १३ मा ३५, वडा १४ मा ५१ र वडा १५ मा ५६ जना सङ्क्रमित छन् ।

    कोरोना सङ्क्रमितमध्ये ३४३ निको भएर घर फर्किसकेको, १६५ होम आइसोलेसन र ३८ जनाको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए । कोरोना सङ्क्रमणका कारण चन्द्रागिरिमा हालसम्म पाँचजनाको मृत्यु भइसकेको छ । चन्द्रागिरिको वडा ३ मा एक, वडा ५ मा दुई, वडा ९ मा एक र वडा १४ मा एक जनाको मृत्यु कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

    चन्द्रागिरिले कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि सशस्त्र प्रहरी बल अस्पताल बलम्बु र मनमोहन अस्पताल दहचोकमा बिरामी पठाउँदै आएको छ । कोरोना बिरामीको उपचारका लागि विशेष अस्पताल नबनाएको चन्द्रागिरिले विभिन्‍न सामुदायिक विद्यालयलाई क्‍वारेन्टिनका रुपमा प्रयोग गर्दै आएको छ । चन्द्रागिरिले हालसम्म कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि दुई करोड २७ लाख रुपैयाँ खर्च गरिसकेको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिए ।

    नगरपालिकाभित्रका १० हजार व्यक्तिको पीसीआर परिक्षण गरिसकिएको छ । चन्द्रागिरि नगरपालिका वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका हो । उक्त नगरपालिकामा १५ वटा वडा छन् । रासस

    प्रतिकृया दिनुहोस्

    हुण्डी कारोबारको आरोपमा राधेराधेबाट मानिस पक्राउ

    भक्तपुरको मध्यपुर थिमि-९ राधेराधेमा हुण्डी कारोबारको आरोपमा मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको...

    बुद्ध बोलीमा नभई ज्ञानमा र हिन्दु राष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बालेनको विचार

    काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) बेलाबखत सामाजिक संजाल तताईरहन्छन । बुधवार पनि उनले सामाजिक संजाल...

    भक्तपुर नगरपालिकामा रोजगारीको अवसर

    bhaktapur municipality

    जिल्लाकै जेठो भक्तपुर नगरपालिकाले कर्मचारी माग गरेको छ । नगरपालिकाले कम्प्युटर अपरेटर, सवारी चालक, हेल्पर...

    सकियो दसैं बिदा, आजबाट सरकारी कार्यालय खुल्ने

    बडा दसैंको सार्वजनिक बिदा सकिएको छ । दसैंमा बन्द सरकारी कार्यालय मंगलबार खुल्ने भएका छन्...

    अरनिको राजमार्गमा ५० किलोको पहिरो पन्छाइयो

    अरनिको राजमार्ग एकतर्फि सुचारु भएको छ । गएराति करिब १० बजेदेखि अवरुद्ध काभ्रे पाँचखाल-८ पचास...