News Portal

  • उपाध्यक्ष राजु खडकाको संयोजकत्वमा सर्वोच्च बारले बनायो ३ सदस्यीय निर्वाचन समिति

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २६ असोज
    ८६४ पटक
    भक्तपुर, २६ असोज

    सर्वोच्च अदालत बार एशोसिएशनको सोमबार सम्पन्न पूर्ण बैठकले आगामी नयाँ कार्यसमितिको निर्वाचनको लागि ३ सदस्यीय निर्वाचन समिति बनाएको छ । वर्तमान कार्यसमितिका उपाध्यक्ष अधिवक्ता राजु खडकाको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति बनाइएकाे हाे ।

    निर्वाचन समितिमा संयोजक अधिवक्ता राजु खडकाका अलावा सदस्यहरुमा अधिवक्ता भुवनप्रसाद वाग्ले र अधिवक्ता मुरारीप्रसाद सापकोटा रहेका छन् । नवगठित निर्वाचन समितिले कोभिड १९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि तोकिएको मापदण्ड मापदण्ड र प्रोटोकलसमेतको ख्याल गरी आवश्यक सावधानीका सम्पूर्ण उपायहरुको अवलम्वन गरी निर्वाचन सम्पन्न गर्ने र पदभार हस्तान्तरण हुने बताइएको छ ।

    गत २०७५ साल श्रावणमा निर्वाचित बर्तमान कार्यसमितिको २ वर्षे कार्यकाल सकिएपनि विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोबिड १९) का कारण निर्वाचनमा ढिलाई भएको बताइएको छ ।

    आगामी कार्तिक २८ गतेसम्म सदस्यता नविकरण गरिसक्नुपर्ने गरी आगामी पौषको पहिलो शनिवार अर्थात पौष ४ गते निर्वाचनको मिति तोकिएको सर्वोच्च बारले बताएकाे छ । इश्वी सम्वतको नयां वर्षको दिन अर्थात यस वर्ष पौष १७ गते पदभार हस्तान्तरण गर्न साधारणसभाको आयोजना गर्ने निर्णय भएको समेत बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...