News Portal

  • पूर्वमन्त्री एवम् सांंसद प्रभु साहले पठाए पत्र : दशै भत्ता दिनु नै गलत

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ३ कात्तिक
    ९७८ पटक
    भक्तपुर, ३ कात्तिक

    सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं. २ का अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद प्रभु साहले आफूले प्राप्त गरेको दशैं भत्ता बापतको रकम फिर्ता गरेका छन् ।

    महामारीको समयमा पनि सांसदहरूले दशैं भत्ता लिएको भन्दै आलोचना भइरहेको समयमा पूर्वमन्त्री साहले आफ्नो खातामा आएको दशैं भत्ता बापतको रकम फिर्ता गरेका हुन् ।

    साथै उनले कोरोना महामारीका कारण मुलुक अहिले विषम परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै यस्तो अवस्थामा जनप्रतिनिधिलाई दशैं भत्ता दिइनु उपयुक्त नहुने पनि उल्लेख गरेका छन् ।

    ‘कोरोना महामारीका कारण मुलुक अहिले विषम परिस्थितिबाट गुज्रिरहेको अवस्थाबारे हामी सबै अवगत छौं,’ साहले दशैं भत्ता फिर्ता गर्दै संसद सचिवालयलाई लेखेको पत्रमा उल्लेख छ, ‘यस घडीमा जनप्रतिनिधिलाई दशैं भत्ता दिइनु म उपयुक्त मान्दिन ।’

    साथै उनले आफ्नो बैंक खातामा आएको रकम नगदै फिर्ता गरिदिएका हुन् । ‘दशैं भत्ता बापत मेरो खातामा पनि रकम पठाइएको छ,’ साह लेख्छन्, ‘मैले उक्त दशैं भत्ता वापत प्राप्त ६४ हजार ७० रूपैयाँ नगद फिर्ता गरेको व्यहोरा अनुरोध छ ।’

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमाथि विभेद भएको छ : मेयर प्रजापति

    आदरणीय नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरू, दोस्रो कार्यकालको निम्ति हामी निर्वाचित भएर बहाली भएको आज दुई...

    भक्तपुरका बासुले ल्याए मोबाइल हराउन नदिने ‘एप’

    भक्तपुरका व्यवसायी सुवास बासुले मोबाइल हराउन नदिने एप्लिकेशन भित्राएका छन् । उनले भारतमा लोकप्रिय रहेको...

    एमाले भक्तपुरको अध्यक्षमा दोहोरिए देउजा

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीको ९ औं अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेको छ । सल्लाघारीस्थित...

    भक्तपुर एमालेमा २ प्यानल, मतदानबाट नेतृत्व निर्वाचित गरिँदै

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । सल्लाघारीस्थित...

    भक्तपुर निवासी पौडेल ३८ वर्षमै सहसचिव सिफारिस

    krishna paudel CDO

    बिराटनगर स्थायी ठेगाना भई भक्तपुरको मध्यपुर थिमी-३ निवासी गृह मन्त्रालयका उपसचिव कृष्ण पौडेल निजामती सेवाको...