News Portal

  • आफ्नै काकाको हत्या गरी फरार अभियुक्त पक्राउ

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ३ कात्तिक
    ७४९ पटक
    भक्तपुर, ३ कात्तिक

    जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी टोलीले यही वैशाख २१ गते आफ्नै काका नाता पर्ने ५५ वर्षिय टंक बहादुर तामाङको हत्या गरी फरार रहेका १ जनालाई पक्राउ गर्न सफल भएको छ । लमजुङ मध्यनेपाल नगरपालिका वडा नं. २ सोतिपसल स्थित लुकिछिपि बसेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा जिल्ला ओखलढुंगा सुनकोशी गाउँपालिका वडा नं.५ बान्द्रे स्थायी वतन भई लमजुङको सोतीपसल बस्ने ४६ वर्षिय ईन्द्र बहादुर तामाङ रहेका छन् ।

    पक्राउ परेका उनले जिल्ला ओखलढुंगा सुनकोशी गाउँपालिका-०५ स्थायी वतन भई पोखरा महानगरपालिका वडा नं.२० स्थित मजुवा बिसौना बिजयपुर कोट पर्यटकिय पैदल मार्ग निर्माणमा ज्याला मजदुरीको काम गर्दै आएका टंक बहादुर तामाङलाई संगै रक्सी र मासु खाई सामान्य विषयमा विवाद हुँदा हत्या गरी फरार रहेका थिए ।

    यस सम्बन्धमा अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडी बढाईएको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...