News Portal

  • पटका रोक्न सीमामा प्रहरी परिचालन

    रासस
    ८४८ पटक

    महेन्द्रनगर, २१ कार्तिक । तिहारका लागि भारतबाट लुकिछिपी अवैध रुपमा पटाकालगायत विस्फोटक पदार्थ भित्र्याउन नदिन कञ्‍चनपुर प्रहरीले तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्‍चनपुरका प्रवक्ता ९प्रहरी नायब उपरीक्षक० अमरबहादुर थापाले तिहार र छठमा भारतीय बजारबाट पटाकाहरु ल्याउन नदिन र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर धनगढीबाट तालिम प्राप्त कुकुर मगाएर सीमा, बजार र बसपार्क क्षेत्रमा खटाइएको जानकारी दिए ।

    “ सीमाबाट पटाकाहरु भित्रिने सम्भावना रहने हुँदा हामीले हरेक दिन बिहान, दिउँसो र साँझ गरेर विभिन्‍न समयमा कुकुर परिचालन गरी जाँच गर्छौं,” प्रवक्ता थापाले भने, “ गड्‍डाचौकी नाकादेखि पूर्वी डोकेबजार सीमा नाकासम्म परिचालन गरी कडाइ गर्छौं ।”

    भारतसित सीमाना जोडिएको कञ्‍चनपुरमा चाडपर्वमा शान्ति सुरक्षा कायम गर्न प्रहरीले यहाँ सीमामा पहिलोपटक तालिम प्राप्त कुकुरसहितको जनशक्ति परिचालन गरेको हो । यात्रुलाई मात्रै नभई सवारीसाधनहरुमा पनि कुकुरको सहायताले प्रहरीले जाँच गर्नेछ,” उनले भने, “चाडपर्व लक्षित सुरक्षा योजनासमेत बनाएर ग्रामीण र सीमा नाकासम्म प्रहरी खटिएको छ ।” जिल्ला प्रहरी कार्यालयको टोलीले एक साताअघि महेन्द्रनगर बजार क्षेत्रबाट डेढ लाख रुपैयाँबराबरको ६ बोरा पटाका बरामद गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...