News Portal

  • खेती गर्न गोरुको अभाव

    रासस
    ५९० पटक

    रुकुम, २१ कार्तिक । रुकुमपूर्वको जिल्ला सदरमुकाम रुकुमकोटमा पछिल्लो समय गाई, भैंसी, गोरु पाल्न क्रम घट्दै गएको छ । पहिले गोठभरि देखिने गाई, गोरु, भैंसी अहिले मुस्किलले कसैकसैको घरमा मात्र देख्न पाइन्छ ।

    पशुपालन गर्ने प्रचलन घटेका कारण अहिले खेतीपाती लगाउने समयमा गोरु खोज्दैमा कृषकहरु हैरान भएका छन् भने खेतबारीमा रासायनिक मलको अत्यधिक प्रयोग हुन थालेको छ ।

    प्रायः सबै स्थानीयवासीले धेरथोर खेतीपाती गर्दछन् तर गोरु गाउँभरिमा पाँच÷सात हल मात्र हुँदा गोरु खोज्दै र पालो कुर्दैमा समयमा खेतीपाती गर्न समस्या भएको छ । खेतीपाती गर्ने एक याममा एक हल गोरुले चार गाउँ धानेका छन् । सिस्ने गाउँपालिका(६ का तिलक रेउले भास्करले यस वर्ष अर्कैको गोरु भाडामा लिएर खेती लगाएका छन् ।

    गोरुको रु एक हजार र हलीको रु एक हजार तिरेर उनले गहुँ लगाएका छन् । उनी मात्र होइन, यसरी गोरु खोज्दै भाडामा लिएर खेती लगाउनेहरु थुप्रै छन् ।

    सबैले गोरु पाल्न छोडेपछि पछिल्लो समय गोरुहरु पनि भनेको बेलामा नपाइने उहाँको भनाइ छ । यस्तै सिस्ने गाउँपालिका(५ रुमालबाराका आइते कामीका एक हल गोरु छन् ।

    उनका गोरुले रुमालबारासहित टाकुरा, बाहुनठाना, बाहुनडेरालगायतका ठाउँमा खेतीपाती लगाउने गरेका छन् ।

    जिल्लामा कृषिका लागि अझै पनि आधुनिक प्रविधि भित्रिनसकेकाले किसानहरु परम्परागत रुपमा खेतीपाती गर्न बाध्य छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...