News Portal

  • बाँकेमा एकैदिन ४ सङ्क्रमितको मृत्यु, मृतकको संख्या ३५ पुग्यो

    रासस
    ७४२ पटक

    नेपालगन्ज, २२ कार्तिक । बाँकेमा उपचाररत चार कोरोना सङ्क्रमितको अस्पतालमै मृत्यु भएको छ । बाँके राप्तीसोनारी गाउँपालिका ८, शमशेरगन्जका ४८ वर्षका पुरुष, टीकापुर नगरपालिका १, कैलालीका ५६ वर्षीया महिला, तुलसीपुर उपमहानगरपालिका १० दाङका २० वर्षीया महिला र तुलसीपुर ५, दाङका ७६ वर्षका पुरुषको उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार, श्वासप्रश्वास प्रक्रियामा समस्या आएपछि भेरी अस्पताल नेपालगन्जमा भर्ना भएका शमशेरगन्जका ४८ वर्षीय पुरुषको शुक्रबार साँझ ५स्२० बजे मृत्यु भएको हो । त्यस्तै दाङका ७६ वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा शुक्रबार साँझ ६ः४० बजे उपचारकै क्रममा मृत्यु भएको थियो भने कैलालीकी ५६ वर्षीया महिलाको शिक्षण अस्पताल कोहलपुरमै दिउँसो २स्४५ बजे र दाङकी २० वर्षीया महिलाको दिउँसो ३ः२० बजे मृत्यु भएको हो ।

    सङ्क्रमित बिरामीलाई रोगको प्रकृतिअनुसार गरिनुपर्ने सबै प्रकारको उपचार दिँदै गर्दासमेत अवस्थामा सुधार नआएपछि कोभिड आईसीयूमा उपचारकै क्रममा मृत्यु भएको श्रेष्ठले जानकारी दिए । योसँगै बाँकेमा बाहिरी जिल्लाबाट आई उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ भने बाँकेका ३५ सङ्क्रमितको उपचारको क्रममा मृत्यु भइसकेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...