: महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मदिन विक्रम सम्वत् १९६६ साल कार्तिक २७ गते गाई तिहारे औंसी लक्ष्मीपूजाका दिन काठमाण्डौको धोवीधारामा जन्मेका हुनाले यिनको नाम लक्ष्मीप्रसाद देवकोटा राखिएको हो, यी विराट र बहुमुखी प्रतिभा सम्पन्न साहित्यकारलाई नेपाली साहित्यका महाकवि मानिन्छ ।
: हिरण्यकशिपुको वध यसै दिन विष्णु भगवानले हिरण्यकश्यपको वध गरेको बताइन्छ ।
: लक्ष्मी र धन्वन्तरी प्रकट यसै दिन दिन समुद्रमंथनपछि लक्ष्मी र धन्वंतरि प्रकट भएको भनिन्छ।
: वर्द्धमान महावीर स्वामीको निर्वाण दिवस जैन धर्माबलम्वी अनुसार चौबिसौ तीर्थंकर महावीर स्वामीको निर्वाण दिवस पनि दीपावलीको दिनमा पर्छ।
: अमृतसरको स्वर्ण मन्दिरको शिलान्यास सिक्खहरूको निम्ति पनि यो दिन महत्त्वपूर्ण छ किन कि यसै दिन अमृतसरमा सन् १५७७ मा स्वर्ण मन्दिरको शिलान्यास भएको थियो।
: नेपाल संवत यसदिन नेपाली सालको नयाँ वर्ष शुरु हुन्छ।
: मुगल वंशका अंतिम सम्राट बहादुर शाह जफर पनि दीपावली मनाउँथे र यस अवसरमा आयोजित कार्यक्रमहरूमा उनी भाग लिन्थे।
: शाह आलम द्वितीयको समयमा शाही महललाई दीपावलीमा दीपहरूले सजाइन्थ्यो एवं लालकिलामा आयोजित कार्यक्रमहरूमा हिन्दू-मुसलमान दुवै धर्मावलम्वीहरूले भाग लिन्थे।
: पञ्जाबमा जन्मेका स्वामी रामतीर्थको जन्म अनि मृत्यु दुवै दीपावलीको दिन भएको थियो।
: महर्षि दयानन्द सरस्वतीले भारतीय संस्कृतिका महान जननायक बनेर दीपावलीकै दिन अजमेरको छेउमा देहत्याग गरेका थिए।
: दीन-ए-इलाहीका प्रवर्तक मुगल सम्राट अकबरको शासनकालमा राजकोष भण्डारको सामु ४० गज अग्लो बाँसमा एउटा आकाशदीप दीपावलीका दिन लगाइन्थ्यो।
: बादशाह जहाँगीरले पनि दीपावली धूमधामसित मनाउँथे। विकिपिडियाबाट ।