News Portal

  • बढ्यो सगरमाथाको उचाइ : आजैबाट लागू

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २३ मंसिर
    ७२१ पटक
    भक्तपुर, २३ मंसिर

    विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टी मिटर बढेको छ । ८ हजार ८४८ मिटर उचाई रहेको सगरमाथाको नयाँ उचाई अब ८ हजार ८४८.८६ मिटर पुगेको छ ।

    नेपाल र चीनले संयुक्त रुपममा सगरमाथाको नयाँ उचाई घोषणा गरेका हुन् । सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्ने अवसरमा एक कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा नेपालका पररष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यी ले उचाई सार्वजनिक गरेका हुन् ।

    मंसिर १० गते बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्न भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई स्वीकृति दिएपछि आज उचाई घोषणा भएको हो ।

    सन् २०१९ मा चीनका राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण गर्ने क्रममा दुई देशले संयुक्त रुपमा सगरमाथाको उचाइ मापन गर्ने सहमति भएको थियो जसअनुरुप

    यसअघि सर्वे अफ इण्डियाले सन् १९५४ मा सगरमाथाको उचाइ मापन गरेको थियो । सोही उचाई नै अहिलेसम्म कायम थियो । अब सगरमाथाको नयाँ उचाई लागू हुनेछ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...