News Portal

  • धार्चे गाउँपालिकाले राख्यो रेकर्ड

    बुद्ध शरण शाही/ भक्तपुर पोस्ट काठमाडौ, २३ मंसिर
    ११०२ पटक
    काठमाडौ, २३ मंसिर

     गोरखाको धार्चे गाउँपालिका अन्तरराष्ट्रिय पर्वतीय पर्यटन (IMTA) को सदस्य भएको छ । यससँगै यो गाउँपालिका विश्वकै पहिलो पर्यटकीय पर्यटनको सदस्य गाउँपालिका भएको छ।

    पर्वतीय पर्यटनको प्रचुर सम्भावना रहेको यस क्षेत्रको विकास गर्ने उद्देस्यले गाउँपालिकाले विभिन्न अन्तरिक तथा बाह्य पर्यटन गतिविधि अगाडि बढाएको छ। गाउँपालिकाको अग्रसरतामा शनिवार र आइतवार बुढीगण्डकी र्याफ्तिङ, साहसिक खेल क्यानोनिङ, प्याराग्लाइडिङ, रकक्लाइम्बिङ्ग तथा फिसिङ प्याकेज इभेन्ट सम्पन्न गरिएको छ।


    गाउँपालिकाका प्रमुख सन्तोष गुरुङको अध्यक्षतामा बुढीगण्डकी ह्वाइट वाटर अन्वेषण कार्यक्रम समन्वय समिति अन्तर्गत भएको कार्यक्रममा समितिका उपप्रमुख जानुका अधिकारी, नेपाल पर्यटन बोर्ड सदस्य अवधेष दासले संयुक्त रुपमा उदघाटन गरेका हुन्।


    माछे खोला स्थित ‘सबै इभेण्ट समेटिएको ‘बूढीगण्डकी बीच’ कार्यक्रम उद्घाटन भएको पहिलो दिन शनिबार र आइतबार दुई दिनमा ७० जनाले र्‍याफ्टिङ र २५ जनाले क्यानोनिङमा भाग लिए । गाउँपालिकाका अध्यक्ष गुरुङले भने, “आन्तरिक तथा बाह्य पर्यटकलाई प्रवद्र्धन गर्ने उद्देश्यले माघ १५ गते मितिनी मेलाको उपलक्ष्यमा हेलिकोप्टरबाट तल्लो मनास्लु र माथिल्लो मनास्लुको अध्ययन गर्ने, इपिसेण्टर साइक्लिङ, ट्रेल साइक्लिङ गर्नेसहितका सबै इभेण्टहरु जोडेर प्याकेज घोषणा गर्ने तयारीमा छौ । विभिन्न प्राकृतिक झरनाहरुको अध्ययन गरी देशकै ठूलो क्यानोनिङ हवको रुपमा विकास गर्ने हाम्रो लक्ष्य रहेको छ।”

    धार्चे पर्यटन प्रवद्र्धन समितिले यसको व्यवस्थापन गर्ने गरी जिम्मेवारी दिएको पनि उनले जानकारी दिए ।

    समितिले लामो दुरीको र्‍याफ्टिङ गर्नेहरुका लागि तातोपानीदेखि लापुवेशीसम्म र छोटो दुरीमा र्‍याफ्टिङ गर्न चाहनेलाई माछाखोलादेखि लापुवेशीसम्मको प्याकेज खुल्ला गरेको जनाएको छ । साथै यहाँ छरिएर रहेको तातोपानीका मुहानलाई व्यवस्थित गरि कुण्ड तयार गर्ने काम अगाडि बढिसकेको छ ।

    त्यसैगरी नेपाल पर्यटन बोर्डका सदस्य तथा धार्चे पर्यटन प्रवद्र्धन समितिका प्रमुख सल्लाहकार अवधेष दासले धार्चे गाउँपालिका विश्वमै पहिलो पटक आइएमटिए (इन्टरनेशनल माउण्टेन टुरिष्ट एलायन्स) को सदस्यता स्वीकृत हुनु गौरवको विषय भएको बताए । यो गाउँपालिकाको कार्यदक्षताको मूल आधार भएको पनि उनले बताए । उनले भने ‘बोर्डबाट हामीले सक्ने सहयोग गर्दै समय अनुकूलता बनाई विभिन्न अरु मुलुकका पर्यटन आवद्ध संस्थालाई यस कार्यक्रममा जोड्नेछौ ।”

    गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङको अध्यक्षतामा सम्पन्न सो समारोहमा आरुघाट गाउँपालिकाका प्रमुख पूर्ण दाहाल, भीमसेन थापा गाउँपालिकाका प्रमुख इश्वर पाण्डे, गण्डकी गाउँपालिकाकी उपप्रमुख ललिता अधिकारी, गोरखा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठ, पालुङटार नगरपालिकाकी उपप्रमुख पम्फा बसेल, सिरानचोक गाउँपालिकाकी उपप्रमुख रीता देवकोटा र अजीरकोट गाउँपालिकाकी उपप्रमुख चन्द्रमाया गुरुङ सहभागी थिए ।

    क्यानोनिङ प्रवद्र्धनका लागि छाँगो नेपालका अध्क्षय किशोर शाहीले प्रशिक्षण दिँदै आएका छन्। धार्चे गाउँलार्इ काठमाडौँबाट धादिङ, आरुघाट भएर धार्चेसम्म सडक मार्गले नजिक बनाएको छ।

    गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङको अध्यक्षतामा सम्पन्न सो समारोहमा आरुघाट गाउँपालिका का प्रमुख पूणर् दाहाल, भीमसेन थापा गाउँपालिकाका प्रमुख इश्वर पाण्डे, गण्डकी गाउँपालिकाकी उपप्रमुख ललिता अधिकारी, गोरखा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठ, पालुङटार नगरपालिकाकी उपप्रमुख पम्फा बसेल, सिरानचोक गाउँपालिकाकी उपप्रमुख रीता देवकोटा र अजीरकोट गाउँपालिकाकी उपप्रमुख चन्द्रमाया गुरुङ सहभागी थिए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...