नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव कुमार नेपालको अध्यक्षतामा जारी केन्द्रीय कमिटीको बैठक सकिएको छ । बबरमहलस्थित कार्की ब्याङ्केटमा जारी बैठक सशक्त आन्दोलनमा जाने लगायत बिबिध निर्णय गर्दै सम्पन्न भएको हो ।
बैठकले संसद विघटनविरुद्ध देशभर आन्दोलनको घोषणा गरेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार राजधानी लगायत देशव्यापीरुपमा दैनिक प्रतिगमन बिरुद्ध प्रदर्शन गरिने निर्णय भएको छ ।
भोली पुस १० गते दिउसो राजधानीमा पार्टी अध्यक्षको तर्फबाट पत्रकार सम्मेलन गरी पार्टीको धारणा सार्वजनिक गरिने बताइएको छ । एक केन्द्रीय सदस्यका अनुसार सम्पन्न केन्द्रीय कमिटीको बैठकले निम्न निर्णय लिएको छ ।
#१० गते ९:३० बजे सबै केन्द्रीय सदस्य, सासंदहरू लगायत माइतिघर मण्डलामा जम्मा भएर १२ बजे निर्वाचन आयोगमा जाने । दिउसो २:०० बजे पत्रकार सम्मेलन ।
#१ हप्ताभित्र प्रदेशहरूको बैठक सम्पन्न गर्ने ।
#१४ गतेभित्र जनसंगठनका भेला बैठक सम्पन्न गर्ने ।
#१२ गते ७७ जिल्लाहरूको भेला बैठक गर्ने ।
#१४ गते ७७ वटै जिल्लामा प्रतिगमनका विरूद्द आन्दोलन ।
#२० गतेभित्र नगर/गाउॅपालिकासम्म बैठक, भेला गर्ने ।
#२५ गतेभित्र वडाहरूमा बैठक भेला सम्पन्न गर्ने ।
#काठमाडौ लगायतका शहरहरूमा प्रतिगमनकाविरूद्द दैनिक आन्दोलन गर्ने ।
#क. नारायणकाजी श्रेष्ठको नेतृत्वमा २५०१ प्रतिगमनका विरूद्द संघर्ष समिति गठन