News Portal

  • बडो लाजमर्दो कुरा पार्टीभित्र पनि राजा जन्मिँदो रहेछ

    भक्तपुरपोस्ट संवाददाता काठमाडौं, १४ पुस
    ९३१ पटक
    काठमाडौं, १४ पुस

    नेकपाका अध्यक्ष पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र उनकाे प्रवृत्तिको आयु सकिएकाे बताएका छन् ।ओलीतन्त्रकाे आयू सकिएकाे उनले बताएका हुन् ।

    मंगलबार संसद विघटन गर्ने सरकारकाे कदम बिरुद्ध गरिएकाे विरोध सभालाई काठमाडौंको भृकुटीमण्डपमा सम्बोधन गर्दै नेता नेपालले ओलीले गणतन्त्रको आन्दोलनको समयमा बयलगाढा चढेर अमेरिका नपुगिने भन्दै आन्दोलनको मजाक उडाएको स्मरण गर्दै ओली र उनकाे प्रवृत्तिको आयु पुगेको बताएका छन् ।

    ओली सरकार जनताको विरुद्धमा रहेकाे र जनचाहना विरोधी कदम चालेकाले जनता सडकमा उत्रिएको नेता नेपालले बताए । सबै विपक्षी राजनीतिक दल र बाैद्धिक समाज सडकमा उत्रिएकाले आफूहरुको पक्षमा सबै जनता रहेको उनकाे भनाइ छ ।

    ओलीका कारण जनताले सुख कम, दुःख ज्यादा पाएको, मान कम, अपमान ज्यादा सहेको उनले बताए । ओलीले म्यानुपुलेसनमा विश्वास गर्ने गरेको र एकै दिन धेरै कार्ड खेल्ने गरेको नेपालले खुलासा गरे ।

    उनले त्यसलाई यसरी ब्याख्या गरे –

    कमरेड बामदेवलाई बिहान ११ बजे बोलाएर भन्नुहुन्छ, म आजै छोड्न चाहन्छु, तपाई प्रम हुनुपर्‍यो । उपचुनाव गरेर भएपनि ल्याउन आतुर छु । राष्ट्रिय सभाबाट आउने भएपनि संविधान संशोधन गरेर प्रधानमन्त्री बनाउन तयार छु । पार्टीको महाधिवेशन गरेर एकल अध्यक्ष बनाउन पनि आतुर छु ।

    १२ बजे मलाई बोलाएर भन्नुहुन्छ, अरु कोही काबिल भएनन् माधव कमरेड । तपाई नै प्रधानमन्त्री हुनुपर्‍यो, पार्टीको एकल अध्यक्ष हुनुपर्‍यो । अनि, ४ बजे कमरेड प्रचण्डलाई बोलाएर भन्नुहुन्छ, कोही गतिला मान्छे पाइनँ मैले । तपाईभन्दा गतिलो कोही छैन । तपाई एकल अध्यक्ष हुनुपर्छ, प्रधानमन्त्री पनि बन्नुपर्छ ।

    जब तीन जना हामी भेला हुन्छौं, जम्मै भण्डाफोर हुन्छ । ठीक यही प्रवृत्ति थियो तत्कालीन राजा ज्ञानेन्द्रमा । मलाई बेलाएर भन्नुहुन्थ्यो, गिरिजाप्रसाद विदेशी दलाल हो, यसले त देश नै खाने भयो । नेपाली कांग्रेस काम नै लाग्दैन । कम्युनिस्टमा देशभक्ति हुन्छ, माधवजी, तपाईले भुमिका खेल्नुपर्छ ।

    म त्यहाँ हिँडेपछि गिरिजाबाबुलाई बोलाएर भन्नुहुन्थ्यो, कम्युनिस्टहरु तानाशाहहरु हुन् । नेपालमा यसको नामेट गर्नुपर्छ । माधव नेपाल जस्ताले केही गर्न सक्छ रु गिरिजाबाबु तपाईँ त महान मान्छे ।

    जब हामीले दुबैले के कुरा भयो हँ भनेर सोध्यौं । पोल खोलाखोल भयो । हामीले सल्लाह गर्यौँ, अब भेट हुँदा एकले अर्कालाई जानकारी गराउने । पोल खुलेपछि संयुक्त रुपमा जान थाल्यौं । संयुक्त रुपमा गएर पनि पार लागेन, जान छोडिदियौं । सडकको बाटो सामात्यौं, आन्दोलनको आँधीबेहरी सृष्टि गर्‍यौं र त्यसपछि राजतन्त्रको अन्त्य भयो । बडो लाजमोर्दो कुरा हो, पार्टीभित्र पनि यस्ता तत्व जन्मिँदो रहेछ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...