उच्च तहको नेता पक्राउ परेपछि प्रतिवन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रेस बक्तब्य जारी गरेका छन् । ओली सरकारप्रति आक्रोस व्यक्त गर्दै वक्तव्यमार्फत संघर्षका कार्यक्रम समेत सार्वजनिक गरिएको छ ।
बुधवार दिउसो पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाको गिरफ्तारीपछि विप्लव पार्टी आन्दोलित भएको हो। प्रहरीले नेता बास्तोलालाई बुधबार ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ गरेको थियो ।
महासचिव विप्लवले नेता बास्तोलालगायत आफ्ना नेताकार्यकर्ताको गिरफ्तारी र दमन सह्य नहुने चेतावनी दिएका छन् । बिहीबार प्रेषित प्रेस बक्तब्यमा उनले माघ ३ देखि आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । बक्तब्यमार्फत विरोध जुलुस, मसाल जुलुश लगायत नेपाल बन्दका कार्यक्रमसमेत घोषणा गरिएको छ।
हेर्नुस् प्रेस बक्तब्य