News Portal

  • कक्षा १२ को परीक्षाफल प्रकाशित

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १९ माघ
    ९५० पटक
    भक्तपुर, १९ माघ

    कक्षा १२ को परीक्षाफल प्रकाशन भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीले सोमबार बिहान परीक्षाफल प्रकाशित गरेको हो ।

    गत बैशाख ८ गते देखि सञ्चालन हुनु पर्ने कक्षा १२ को परीक्षा कोरोना भाईरस संक्रमणका कारण गत मंसिर ९ गते देखि सञ्चालन गरिएको थियो ।भक्तपुर पोस्टलाई प्राप्त जानकारी अनुसार नियमित तर्फ ३ लाख १० हजार ३ सय १६ परीक्षार्थी सामेल रहेका थिए । उनीहरुले पाएको जिपिए यस्तो छ :  ६ हजार ९१६ परीक्षार्थीको ३.६१ देखि ४ जिपिए आएको छ । यस्तै, ३.२१ देखि ३.६० जिपिए ल्याउने परीक्षार्थीको संख्या ३८ हजार ४८० रहेको छ । ७६ हजार ८४१ जनाले २.८१ देखि ३.२० जिपिए ल्याउँदा १ लाख ९ हजार ३१२ जनाको जिपिए २.४१ देखि २.८० आएको छ । २.०१ देखि २.४० जिपिए ल्याउने परीक्षार्थीको संख्या ५२ हजार ४२७ रहेको छ ।

    यस्तै, १.६१ देखि २.० जिपिए ल्याउने परीक्षार्थीको संख्या ७ हजार १६४ रहेको छ । ३ सय ३३ जनाले १.२१ देखि १.६० जिपिए ल्याउँदा ४ जनाको जिपिए ०.८१ देखि १.२० आएको छ । ०.०० देखि ०.८० जिपिए ल्याउने परीक्षार्थीको संख्या १८ हजार ८३९ रहेको छ ।

                                 परीक्षाफल www.neb.gov.np मा हेर्न सकिनेछ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...