News Portal

  • बिदेशीको डिजाइनमा प्रधानमन्त्रीले प्रतिक्रान्ति गरे : डा. बाबुराम भट्टराई

    भक्तपुरपोस्ट संवाददाता काठमाडाैं, १ फागुन २०७७
    ८८६ पटक
    काठमाडाैं, १ फागुन २०७७

    पूर्व प्रधानमन्त्रीसमेत रहेका पूर्व माओवादी नेता एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले बिदेशीको डिजाइनमा प्रतिनिधि सभा विघटन गरेको आरोप लगाएका छन् । प्रधानमन्त्री ओली नक्कली राष्ट्रवादी भएको भन्दै उनले उक्त आरोप लगाएका हुन् ।

    शनिवार बालुवाटारमा आफ्नो पुस्तक ‘गुमनाम आमाहरूको कथा’ लोकार्पण कार्यक्रममा बोल्दै उनले भने, ”अहिले ओलीले अन्तरराष्ट्रिय सेटिङको आधारमा कदम चालेका छन् ।” ओली राष्ट्रवादको नक्कली मुखौटो लगाएर सत्तामा पुगेको र अहिले आफ्नो असली रुप देखाएको उनको आरोप छ ‌। उनले ओलीको कदम प्रतिगमन मात्र नभएर प्रतिक्रान्ति नै भएको दावी गरे ।

    आफूले माओवादी पार्टी परित्याग गरेपनि माओवादी आन्दोलन नछोडेको जिकिर गर्दै डा भट्टराइले जनयुद्ध, जन आन्दोलन र मधेस आन्दोलन लगायतका अधिकारवादी आन्दोलनबारे साझा बुझाइ हुनुपर्ने समेत सार्वजनिक गरे । ‘माओवादी जनयुद्धका कारण वर्तमान उपलब्धि हासिल भएको भन्दै उनले वर्तमान प्रधानमन्त्री ओली त्यसलाई मान्न तया नहुँदा समस्या भएको भनेका छन् ।

    उनले जनयुद्ध दिवसलाई साझा दिवसको रूपमा मनाउने वातावरण बनाउनका लागि आग्रहसमेत गरे। शान्ति सम्झौता र संविधानबीच अभिन्न सम्बन्ध भएको भन्दै उनले यसलाई खेलवाडको विषय नबनाउन समेत चेतावनी दिए ।

    सत्य निरुपण र वेपत्ता आयोग ब्लाकमेलिङ गर्ने साधन बन्न नहुनेमा जोड दिंदै उनले संक्रमणकालीन न्यायका विषयमा साझा सहमति बनाउनुपर्ने बताए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...