News Portal

  • प्रचण्डले अलपत्र पारे, म सम्मान गर्छु : प्रधानमन्त्री ओली

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १ फागुन २०७७
    ८९१ पटक
    भक्तपुर, १ फागुन २०७७

    प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्ध लडेकालाई सरकारले सम्मान गर्ने बताएका छन् । प्रचण्डले उनीहरुको बेवास्ता गरेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले अब आफूले संरक्षण गर्ने बताएका हुन् ।

    शनिवार बुटवलमा आयोजित सत्तारुढ नेकपाको आमसभालाई सम्बोधन गर्दै उनले भने, ” प्रचण्डले आफ्नो स्वार्थका लागि युवाहरुको प्रयोग गरेर अलपत्र छोडिदिए । अब सरकारले उनीहरुको हेरविचार गर्छ । हामी घाइतेको उपचार गर्छौं । परिचय पत्र दिन्छौं । रोजगारी र नियुक्तिमा उनीहरु र उनका परिवारका सदस्य लाई अवसर प्रदान गर्छौं ।”

    ओलीले निर्मला र भागरथीको बलात्कार र हत्यामा संलग्न व्यक्तिलाई पनि पक्राउ गरी कारवाही गर्ने प्रतिवद्धता प्रकट गरेका छन् । कुनै हालतमा पक्राउ गरिन्छ । पानी मुनी गएको भए पनि छाडिने छैन ।उनले भने । कुनै पनि अपराधीलाई अब अन्मुक्ति नहुने उनको जिकिर छ । केहि समयभित्रै हत्याराहरु पक्राउ पर्ने शृंखला शुरु हुने उनले बताए ।

    प्रधानमन्त्री ओलीले चुनावमा आफ्नो दलले समानुपातिकमा ५० लाख मत ल्याउने दावी समेत गरे भने प्रत्यक्ष तर्फ बहुमत ल्याउने बताए । त्यतिमात्र होइन उनले आफ्नो जनमत घटाएर देखाउन विपक्षीलाई चेतावनी पनि दिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...