नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पद पाए पछि नहट्ने बताएका छन् । कांग्रेसमा जिम्मेवारी आए साे सम्हाल्न पछि नहट्ने उनले बताएका हुन् ।
बुधबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले आफूलाई कुनै लोभ नभएको तर जिम्मेवारी आए पछि पनि नहट्ने प्रष्ट पारे ।
कांग्रेसलाई पदको लोभ पनि छैन, काँधमा जिम्मेवारी आयो भने भाग्ने पनि छैन’ उनले भने ।
सभापति देउवाले यो रणनीतिले पार्टीलाई फाइदा नै हुने बताएका छन । तर अबको संसदमा पार्टीको रणनीतिबारे उनले केही बताएनन् ।