News Portal

  • सरोकारै नभएको क्षेत्रमा प्रवेश गरी एउटा इजलासकाे बितण्डतापूर्ण फैसला : श्रेष्ठ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर,२३ फागुन
    ९९५ पटक
    भक्तपुर,२३ फागुन

    सर्वोच्च अदालतको एउटा इजलासले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकतालाई नै खारेज गरिदिएपछि फैसलाप्रति असहमती व्यक्त गरिएको छ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले उक्त फैसला अस्वभाविक एवं संविधानको बिरुध्दमा भएको भनेका छन् ।

    न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाउदै नेपाल कम्युनिस्ट पार्टीमा अरुको दावी नपुग्ने मात्र नभई तत्कालिन नेकपा एमाले र माओबादी केन्द्र लाइ पूर्ववत अवस्थामा फर्काएको छ ।

    फैसलाले सरोकारै नभएको क्षेत्रमा प्रवेश गरी निर्णय दिने कार्य गरे भन्दै प्रवक्ता श्रेष्ठले असहमती जनाएका हुन् । यो फैसला राजनीतिक आग्रह प्रेरित, बितण्डतापूर्ण र गलत रहेको उनको भनाइ छ ।
    अहिले असंवैधानिक एवं प्रतिगामी कदम परास्त र असफल भएको भएपनि प्रतिगामी षडयन्त्र एवं निरङ्कुशताको खतराका बिरुध्द सचेत भइरहन उनले सबैलाई अपील गरेका छन् । स्थायी कमिटीको वैठकबाट सोमबार यसबारे आवश्यक निर्णय लिने उनले जानकारी गराए ।

    हेर्नुस् प्रवक्ता श्रेष्ठको प्रतिक्रिया

    सर्वोच्च अदालतको एउटा इजलासले आज हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा )को वारेमा गरेको फैसला, त्यसको समग्र पक्ष र हाम्रो नीतिका सम्बन्धमा भोलि ११ बजे पार्टी कार्यालय पेरिसडाडामा बस्ने स्थायी कमिटीको वैठकबाट निर्णय लिईनेछ ।

    अहिलेलाई यति भनिहालौँ ;
    एक ,यो फैसला सोच्नै नसकिने खालको छ र यसले सहज वोध ( कमन सेन्स ) भएका सबैलाई आश्चर्यचकित र स्तब्ध बनाएको छ ।
    यो फैसलाले रिट निबेदकको मागदावी भन्दा बाहिर गएर सरोकारै नभएको असम्बन्धित बिषयमा प्रवेश गरी निर्णय दिएको छ । रिट निवेदकले हामी तात्कालिन दुई पार्टीहरुबीचको एकीकरण र एकीकृत पार्टी निर्माणको वारेमा प्रश्न उठाएको छैन र उठाउन सक्ने बिषय पनि होइन । रिट निवेदकले पार्टीको नामको बिषयमा मात्र प्रश्न उठाई त्यो नाम आफैलाई दिने मागदावी गरेको छ। त्यतिमा मात्र सिमित भएर निर्णय दिएको भए निर्णय ठीक , बेठीक जे भएपनि स्वाभाविक हुनेथियो । तर यो फैसलाले सरोकारै नभएको क्षेत्रमा प्रवेश गरी निर्णय दिने कार्य गरेको छ ।तसर्थ यो फैसला अस्वभाविक छ ,संविधान एवं कानूनको बिरुध्दमा छ, राजनीतिक आग्रह प्रेरित छ, बितण्डतापूर्ण छ र गलत छ । यो फैसला प्रति हाम्रो गम्भीर असहमति छ ।

    दुई, नेपालको राष्ट्रिय सार्वभौमिकता, नेपाली जनतामा नीहित सार्वभौमसत्ता, नेपाली जनताको आत्मनिर्णयको अधिकार, संविधान, लोकतन्त्र, राजनीतिक स्थिरता, कानूनको शाषन र ब्यबस्थाको बिरुध्द बिभिन्न शक्तिहरुको षडयन्त्र जारी छ भन्ने तर्फ पनि हाम्रो गम्भीर ध्यान जानु आवश्यक देखिएको छ । त्यसैले हाम्रो पार्टीले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने अदालतको फैसलाको स्वागत गर्ने क्रममा बक्तब्यमा थप भनेको थियो ,” अहिले असंवैधानिक एवं प्रतिगामी कदम परास्त र असफल भएको भएपनि प्रतिगामी षडयन्त्र एवं निरङ्कुशताको खतराका बिरुध्द सचेत भइरहन हाम्रो पार्टी सवैलाई अपील गर्दछ ।”

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...