News Portal

  • ७ स्वास्थ्य सेवा अधिकृत ११ औँ तहमा बढुवा

    संवाददाताभक्तपुर, ६ चैत २०७७
    १०१५ पटक
    भक्तपुर, ६ चैत २०७७

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सात जना स्वास्थ्य सेवा अधिकृतलाई ११ औँ तहको पदमा बढुवाका लागि सिफारिस गरेको छ ।

    बढुवा समितिको सचिवालयले स्वास्थ्य सेवा अन्तर्गतका विभिन्न समूह उपसमूहको अधिकृत एघारौँ तहको पदमा कार्यक्षमताको मूल्याङ्कन प्रक्रियाद्वारा सात जनालाई बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।

    स्वास्थ्य सेवा प्रमुख कन्सल्टेन्ट अब्सटेट्रिक्स एन्ड गाइनाकोलोजिष्ट पदमा डा. सुनिलमणि पोखरेल र डा. राजेश अधिकारी, प्रमुख जनस्वास्थ्य प्रशासकमा डा. प्रकाश शाह, प्रमुख मेडिकल सुपरिटेण्डेण्टमा डा. रोशन न्यौपाने र डा. पवनजंग रायमाझी, जनस्वास्थ्य प्रशासक पदका लागि केशवराज पण्डित र विजयकुमार झालाई बढुवाको लागि सिफारिस गरिने भएको छ ।

    प्रमुख अस्पताल नर्सिङ प्रशासक पदका लागि ४ जनाको माग भएको थियो । उक्त पदका लागि सम्भाव्य उम्मेदवार कायम गरिएको छैन । स्वास्थ्य सेवा ऐन २०५३ को दफा २६ बमोजिम सेवा सर्त पुरा भएको नदेखिएकोले निजहरुलाई सम्भाव्य उम्मेदवार कायम नगरिएको समितिले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...