News Portal

  • भक्तपुर सिडिओ कार्यालयले भन्यो – मेला, जात्राहरु नगर्नू

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ११ चैत २०७७
    १३३८ पटक
    भक्तपुर, ११ चैत २०७७

    कोरोना संक्रमणको संभावित जोखिम बढ्न सक्ने निष्कर्षसहित जिल्ला प्रशासन कार्यलय भक्तपुरले भिडभाड हुने गरि कुनै किसिमको मेला, जात्रा, साँस्कृतिक कार्यहरु लगायतका कामहरु अर्को सुचना नभएसम्म नगर्न आग्रह गरेको छ ।

    छिमेकी मुलुक भारतका कोभिड–१९ को संक्रमण बढिरहेको र नेपालमा पनि यसको जोखिम बढ्ने सम्भावना रहेको भन्दै प्रशासन कार्यालयले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

    कोभिड–१९ को संक्रमणको सम्भावनालाई रहेको भन्दै पहिले सञ्चालनमा आएका क्वारेन्टाइन, आइसोलेशन केन्द्रलाई तयारी अवस्थामा राख्ने तथा स्वास्थ्य युनिटहरुलाई समेत आवश्यकता अनुसार तल्काल परिचालन गर्ने गरी तयारी अवस्थामा राख्न स्वास्थ्य कार्यालयलाई आग्रह समेत गरिएको छ ।

    फागु पूर्णिमा होली को अवसरमा भिडभाड हुन नदिन स्वास्थ्य तथा सुरक्षा सम्बन्धि मापदण्ड पालना गरेर मात्र सुरक्षित रुपमा पर्व मनाउन जिल्ला प्रशासन कार्यलयले आग्रह गरेको छ ।

    भक्तपुरमा हुने यस बर्षको बिस्काः जात्रा समेत प्रभावित हुन सक्ने प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिएका छन् । साथै मापदण्ड पालना गरेर मात्रै सुरक्षित रुपमा पर्वहरु मनाउन सम्बन्धि सबै स्थानीय तहहरुले व्यापक रुपमा प्रचार प्रसार गर्ने प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।

    No description available.

    प्रतिकृया दिनुहोस्

    हुण्डी कारोबारको आरोपमा राधेराधेबाट मानिस पक्राउ

    भक्तपुरको मध्यपुर थिमि-९ राधेराधेमा हुण्डी कारोबारको आरोपमा मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको...

    बुद्ध बोलीमा नभई ज्ञानमा र हिन्दु राष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बालेनको विचार

    काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) बेलाबखत सामाजिक संजाल तताईरहन्छन । बुधवार पनि उनले सामाजिक संजाल...

    भक्तपुर नगरपालिकामा रोजगारीको अवसर

    bhaktapur municipality

    जिल्लाकै जेठो भक्तपुर नगरपालिकाले कर्मचारी माग गरेको छ । नगरपालिकाले कम्प्युटर अपरेटर, सवारी चालक, हेल्पर...

    सकियो दसैं बिदा, आजबाट सरकारी कार्यालय खुल्ने

    बडा दसैंको सार्वजनिक बिदा सकिएको छ । दसैंमा बन्द सरकारी कार्यालय मंगलबार खुल्ने भएका छन्...

    अरनिको राजमार्गमा ५० किलोको पहिरो पन्छाइयो

    अरनिको राजमार्ग एकतर्फि सुचारु भएको छ । गएराति करिब १० बजेदेखि अवरुद्ध काभ्रे पाँचखाल-८ पचास...