News Portal

  • बिस्का जात्रामा रथ तान्दा एकदर्जन घाइते

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर,२९ चैत
    ७५८ पटक
    भक्तपुर,२९ चैत

    भक्तपुरको बिस्का जात्राको पहिलो दिन रथ तान्ने क्रममा एकदर्जनभन्दा बढी जात्रालु घाइते भएका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले उक्त जानकारी दिएका हुन् । गिरीले जनाए अनुसार भक्तपुर नपा ५ टौमढी बस्ने वर्ष ७९ का कृष्णमान मूलगुढी र सुमित त्वायनाको खुट्टा रथले किचेको छ । उनका अनुसार मूलगुठीको दाहिने नली खुट्टा र त्वायनाको बायाँ खुट्टामा रथको पांग्राले किचेको हो । भैरवनाथको रथ टौमढीबाट तानेर नासमना पुर्‍याउने क्रममा मूलगुठीलाई पांग्राले किचेको बताइएको छ । उनको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ । त्वायनाको भने काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

    त्यस्तै भक्तपुर नपा ५ टौमढीकै वर्ष २६ का दिपेश साँगाछें, भक्तपुर नपा ९ तौलाछें बस्ने वर्ष १९ विकेश प्रजापति, भक्तपुर नपा ६ नागपोखरीका ३१ वर्षीय सुनिल नापित सामान्य घाइते भएका छन् । त्यस्तै सूर्यविनायक नपा बस्ने वर्ष २५ का नरेश श्रेष्ठ र २० वर्षका रोजेश त्वाती, भक्तपुर नपा बस्ने मनिष सिन्ताकल, रमेश मातां र विकास कर्माचार्य पनि रथ तान्ने क्रममा घाइते भएका छन् ।

    प्रहरी नायब उपरीक्षक गिरीको जानकारी अनुसार सामान्य घाइते भएका नौ जना सामान्य उपचारपछि घर फर्केका छन् । उनीहरुको भक्तपुर अस्पतालले तथा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाबाट परिचालन भएका प्राथमिक उपचार टोलीले उपचार गरेका थिए ।
    शनिबार भैरवनाथको रथ तानिएसँगै भक्तपुर नौदिनसम्म जात्रामय हुने भएको छ । भैरवनाथको रथ तानेर सुरु भएको बिस्का जात्रा नवौं दिन पुनः सोही रथ तानेर जात्रा समापन गरिन्छ ।

    शनिबार उज्यालैमा जात्रा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । त्यसको लागि भक्तपुर नपाका मेयर सुनिल प्रजापतिको संयोजकत्वमा बसेको सरोकारवालाहरुको बैठकले दिउँसो २ बजे नै रथ तान्ने तालिका बनाएको थियो । तर शनिबार करिब ४ बजेमात्रै रथ तानिएको थियो । त्यस्तै रथमा अनधिकृत व्यक्तिहरुलाई सवार हुन नदिने बैठकले निर्णय गरेको थियो । जुन पालना हुन सकेन ।
    जात्रा व्यवस्थापन प्रचलनअनुसार भैरव नाइके, गुठीयार र खान्कीहरु रथका चारै दिशामा चारचारजना गरी १६ जनामात्रै बस्ने व्यवस्था छ । तर शनिबार रथभरि अनधिकृत व्यक्तिहरु सवार थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...