News Portal

  • मुख्यमन्त्री शाहीले देखाए लोकतान्त्रिक चरित्र, एमालेका सांसदले साथ् दिएपछि पाए विश्वासको मत

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३ बैशाख
    ८९५ पटक
    भक्तपुर, ३ बैशाख

    बागमती र गण्डकी प्रदेश लगायतका मुख्यमन्त्रीहरु संसद फेस गर्नबाट भागीरहदा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त गरेका छन् ।

    प्रदेशसभाको शुक्रबार बसेको बैठकमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका शाहीले विश्वासको मत मागेका थिए ।

    उनलाई नेपाली कांग्रेसले विश्वासको मत दिएको छ । नेकपा एमाले(ओली पक्ष) को संसदीय दलको बैठकले पार्टी ह्वीप लगाएर विपक्षमा मतदान गर्न आह्वान गरेपनि नेकपा एमाले( नेपाल खनाल पक्ष)का सांसदहरुले पक्षमा मतदान गरेका छन् । प्रदेश सभामा ३७ जना सांसदले मत हालेका थिए । जसमा २२ मत शाहीले पाएका छन् । नेकपा एमालेका सांसदहरुले फ्लोर क्रस गरेपछि शाहीको सरकार फेरि जोगिएको छ । ३९ सदस्यीय प्रदेशसभाको विश्वास पाउन २० प्रदेशसभा सदस्यको मत चाहिन्थ्यो । तर मुख्यमन्त्री शाहीले २२ मत प्राप्त गरे ।

    नेपाल खनाल पक्षमा रहेका ४ सांसदले ह्वीप उल्लघंन गर्दै शाहीको सरकार जोगाइदिएका हुन् ।

    त्यस्तै ६ सांसद रहेको नेपाली कांग्रेसले पनि मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको थियो । एक सदस्य रहेको राप्रपा भने तटस्थ रह्यो ।

    नेकपा एमालेले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिन आएको भन्दै मुख्यमन्त्री शाहीले सरकारलाई समर्थन गर्न पनि आग्रह गरेका थिए ।

    सांसदहरुलाई मन्त्री शाहीले राजनीतिक संस्कार बसाल्न, एकताको सन्देश सिङ्गो देशलाई प्रवाह गर्नका लागि पनि सरकारलाई विश्वासको मत दिन आग्रह गरेका थिए ।

    प्रदेश सरकार निर्माण गर्दा तीव्र विकास, प्रदेशको आर्थिक समृद्धिको सपना देखेर सबै दलले प्रदेशमा कोही पनि प्रतिपक्ष नहुने प्रतिवद्धता जनाएको स्मरण गराउँदै उनले अहिले पनि त्यही अवस्थामा प्रतिवद्ध रहन दलहरुलाई आग्रह गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...