News Portal

  • खेलकुद महासंघ सर्लाहीमा माधव-झलनाथ समूहको समानान्तर कमिटी

    भक्तपुरपोस्ट संवाददाता/सर्लाहीबैशाख ११, २०७८
    ८९६ पटक
    बैशाख ११, २०७८

    सर्लाही । नेकपा एमालेमा माधव– झलनाथ समूहले देशभर पार्टी र भातृसंगठनहरुमा समान्तर कमिटी निर्माणमा तिब्रता दिइरहेको अवस्थामा नेपाल खेलकुद महासंघको जिल्ला कार्यसमिति सर्लाहीको पनि समान्तर कमिटी गठन गरिएको छ । नेपाल खेलकुद महासंघ सर्लाहीले विजय अधिकारीको अध्यक्षतामा १५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

    शुक्रवार माधव– झलनाथ समूहका नेता, पूर्व खेलकुदमन्त्री एवं महासंघका पूर्व केन्द्रिय अध्यक्ष पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न महासंघको जिल्ला भेलाले नयाँ कार्यसमिति चयन गरेको हो । भेलाले नयाँ कार्यसमितिको अध्यक्षमा बिजय अधिकारी र सचिवमा भिम मगरलाई चयन गरेको महासंघका सर्लाही इन्चार्ज राजु थापाले जानकारी गराए ।

    खेलकुद महासंघका केन्द्रिय सदस्य एवं नेकपा एमालेका जिल्ला सदस्य समेत रहेका जिल्ला इन्चार्ज राजु थापाको अध्यक्षतामा सम्पन्न जिल्ला भेलामा नेकपा एमालेका जिल्ला अध्यक्ष एवं महासंघका केन्द्रिय उपाध्यक्ष रेवती पन्त, प्रदेश सांसदहरु डिल्ली उप्रेती, बेची लुंगेली, पार्टी नेता चुडमणि वाग्ले लगायतको उपस्थिति रहेको थियो ।

    भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि पैडेलले नेकपा अध्यक्ष केपी ओलीको प्रवृत्तिमा सुधार नआएसम्म पार्टी र भातृसंगठनहरुमा समानान्तर कमिटी गठनको प्रक्रिया जारी रहने बताए । ओलीले भष्मासूर प्रवृत्ति देखाएको र यसले पार्टी र देशलाई नै समस्यमा पारेको भन्दै नेकपामा माधव–झलनाथ नेतृत्वको समूह नै आधिकारीक रहेको बताए ।

    केपी ओली प्रवृत्तिका कारण् अहिले पार्टी, नेताकार्यकर्ता र देशले नै दुख भोगिरहेको भन्दै पौडेलले ओलीको मनपरी तन्त्र पार्टीमा अब धेरै दिन नचल्ने स्पष्ट पारे ।

    प्रतिकृया दिनुहोस्

    हुण्डी कारोबारको आरोपमा राधेराधेबाट मानिस पक्राउ

    भक्तपुरको मध्यपुर थिमि-९ राधेराधेमा हुण्डी कारोबारको आरोपमा मानिस पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको...

    बुद्ध बोलीमा नभई ज्ञानमा र हिन्दु राष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बालेनको विचार

    काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) बेलाबखत सामाजिक संजाल तताईरहन्छन । बुधवार पनि उनले सामाजिक संजाल...

    भक्तपुर नगरपालिकामा रोजगारीको अवसर

    bhaktapur municipality

    जिल्लाकै जेठो भक्तपुर नगरपालिकाले कर्मचारी माग गरेको छ । नगरपालिकाले कम्प्युटर अपरेटर, सवारी चालक, हेल्पर...

    सकियो दसैं बिदा, आजबाट सरकारी कार्यालय खुल्ने

    बडा दसैंको सार्वजनिक बिदा सकिएको छ । दसैंमा बन्द सरकारी कार्यालय मंगलबार खुल्ने भएका छन्...

    अरनिको राजमार्गमा ५० किलोको पहिरो पन्छाइयो

    अरनिको राजमार्ग एकतर्फि सुचारु भएको छ । गएराति करिब १० बजेदेखि अवरुद्ध काभ्रे पाँचखाल-८ पचास...