News Portal

  • गणतन्त्रलाई नै प्रधानमन्त्रीले धरापमा पार्न लागेकाले विश्वासको मत दिन नसकिने : यादव

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २७ बैशाख
    ११६४ पटक
    भक्तपुर, २७ बैशाख

    जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसक्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा यादवले विश्वासको मत नभएर विपक्षमा मतदान गर्ने बताएका छन ।

    ‘संसद असंवैधानिक तरिकाले विघटन गरिदिनुभयो । जनता सडकमा आए । सर्वोच्चले पुनस्र्थापित गरिदियो । जुन संसदमा विश्वास छैन, कसरी मत दिने ?,’ यादवले भने ।

    प्रधानमन्त्री ओली संघीयता र समानुपातिक/समावेशिता विरोधी भएको उनले बताएका छन । ‘संविधानमा त्रुटि छ, हाम्रो रिजर्भेसन छ । तर यही सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र लेख्न पाइदैन भन्ने निर्णय गर्छ । संघीयता भनेको केन्द्रको इकाई मात्रै हो, बढ्ता फूर्ति नदेखाऊ भन्नु हुन्छ ?,’ यादवले भने ।

    यादवले संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै प्रधानमन्त्री ओलीले धरापमा पार्न लागेकाले पनि समर्थन जनाउन नसकिने बताएका छन । नागरिकता समस्या मधेशको हो भन्ने बुझाइले नै अगाडि नबढाइएको पनि यादवले आरोप लगाएका छन ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...