राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम बन्ने नयाँ सरकारका लागि प्रक्रिया सुरु गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने र आफूले वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताएपछि राष्ट्रपतिले नयाँ सरकार गठनको प्रक्रिया शुरु गरेकी हुन् ।
राष्ट्रपति कार्यालयले बिहीबार एक विज्ञप्ति मार्फत भोलि ७ गते साँझ ५ बजेसम्म विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न प्रतिनिधि सभाका सदस्य लाइ समय दिएको जनाएको छ। यस अनुसार बहुमत सदस्यको समर्थन जुटाउन सक्ने जोकोही सांसद प्रधानमन्त्री बन्न सक्छन् ।
यदि समयसीमामा कुनै पनि सदस्यले दावी प्रस्तुत गर्न नसके पुन ओलीकै नेतृत्वको चुनावी सरकार हुनसक्ने विश्लेषकहरु बताउछन् ।